काठमाडौं । संघीय संसदमा महिला सदस्यहरुको सोमबारको भेलाले महिला हिंसासँग सम्बन्धित घटना अध्ययन गरी सरकारलाई सुझाव दिन एक समिति गठन गरेकोछ ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको महिला सांसदको भेलाले पुष्पा भुसाल, शान्ता चौधरी, प्रमिला कुमारी, अमृता थापा, लक्ष्मी परियार, विन्दा पाण्डे र पार्वती रावल रहेको समिति गठन गरेको बताए ।