नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन आउने भएको छ। कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको स्वास्थ्य मापदण्डमा पूरा गरेर नाका सञ्चालन हुने भएको हो। मंगलबार सीमा नाकामा प्रमुख जिल्ला अधिकारी र चिनियाँ टोलीसँगबीचको छलफलपछि असोज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति बनेको हो। निश्चित स्वास्थ्य मापदण्डमा रहेर नाका सञ्चालन गर्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। चीनको न्यालमको ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाका बन्द छ। नाका बन्द भएपछि तातोपानी पारी खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ। तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ताल विष्फोट हुन लागेकोले पानीको सहत घटाउन भन्दै नाका बन्द गरिएको थियो। २०७२ को विनाशकारी भूकम्पलगत्तै चीनले तातोपानी नाका बन्द गरेको थियो। चीनले पछिल्लो समय तातोपानी नाका समेत आंशिक रुपमा संचालनमा ल्याएको थियो। तातोपानी नाकाबाट भूकम्पअघि दैनिक दुई करोडभन्दा धेरै राजस्व संकलन हुने गरेको थियो।
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...
Read more