काठमाण्डौ उपत्यकाका यी ठाउँमा खुल्दै
काठमाण्डौ उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरमा सुपथ मूल्यका पसल खुल्दैछन् । काठमाण्डौ उपत्यकाका यी ठाउँसहित देशका मुख्य सहरमा पसल सञ्चालन हुनेछन् । देशभरका ४९ ठाउँमा पसल खोलिने मन्त्रालयले जनाएको छ ।
उपत्यका बाहिर
काठमाण्डौ उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लहानलगायतका सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालनमा आउनेछ ।
यस्तै दूग्ध विकास संस्थानले पनि आफ्ना सबै कार्यालय र बिक्री केन्द्रबाट सुपथ मूल्यमा दूग्धजन्य वस्तुको बिक्री गर्नेछ ।
दशैं, तिहार, छठ पर्वलाई लक्षित गरी सञ्चालन हुने सुपथ पसलमा नून प्रतिकिलो १८ रुपैयाँका दरले खरिद गर्न सकिनेछ । तर प्रति-परिवार चार किलोका दरले मात्रै खरिद गर्न पाइनेछ /
यस्तै चिनी प्रतिकिलो ७० रुपैयाँमा खरिद गर्न सकिनेछ । चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ ।
यस्तै खसी, बोका, च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ, दालमा प्रतिकिलो पाँच रुपैयाँ, सिमीमा प्रतिकिलो १० रुपैयाँ, फापरमा प्रतिकिलो पाँच रुपैयाँ र सेतो केराउमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइएको मन्त्रालयले जनाएको छ ।
सुपथ पसल छठ पर्वको भोलिसम्म सञ्चालन हुनेछ ।