बिना थिङको “याम्बुनेर” कथा संग्रह सार्वजनिक संगै, रचना वाचन तथा समीक्षा गर्दै ९८ औं हङकङ साहित्य साझा श्रृंखला सम्पन्न भयो ।
साहित्य श्रृंखलाकी संयोजक सुनिता गिरीको अध्यक्षतामा जोर्डनस्थित बगैचा रेष्टुरेण्टमा आयोजित पहिलो चरणको कार्यक्रममा बिना थिङको “याम्बुनेर” कथा संग्रह सार्वजनिक गरिएको थियो । बिना थिङको कथा संग्रह “याम्बुनेर” बारे साहित्यकार दाजु गुरुङले आफ्ना भनाईहरु राखेका थिए /
कार्यक्रमको दोस्रो चरणमा भने साहित्यकारहरु दाजु गुरुङ, गीता अधिकारी, चन्द्र मादेन, पूर्णिमा शाह, नारायण भण्डारी, रमण गुरुङ, डोम राना, लाल बहादुर गुरुङ, आयुषी पौडेल, सन्ध्या क्षेत्री, डी.बी. पालुङ्वा, विष्णु मुखिया लगायतले आफ्ना सृजनाहरु वाचन गरेका थिए ।
श्रृंखलाका सह–संयोजक दिपेन्द्र राईद्धारा संचालित कार्यक्रमको अन्त्यमा संयोजक सुनिता गिरीद्धारा उपस्थित सम्पूर्ण साहित्यिक मनहरु प्रति धन्यवाद दिदै आगामी नोभेम्बरको १०० औं श्रृंखला विशेष रुपमा मनाउँन गइरहेको जानकारी सहित हङकङबासी साहित्यकार, बुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुलाई सहयोगका लागि अपिल गरेकी थिइन ।
नेपाली वाङ्मयको संरक्षण तथा सम्बर्धनका लागि श्रृंखलाले विगत ८ वर्षयताप्रत्येक महिनाको अन्तिम आइतबार हङकङबासी नेपाली साहित्यिक सर्जकहरु भेला भई साहित्यिक विचार–विमर्श, सृजना वाचन, पुस्तक प्रकाशन, समीक्षा तथा साहित्यिक स्रष्टाहरुलाई पुरस्कृत समेत गर्दै आइरहेको छ ।