Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता हुने

माेलाम खबर by माेलाम खबर
२० आश्विन २०७७, मंगलवार १२:५३
in पत्रपत्रिका, विविध, समाचार, साहित्य
राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता हुने
32
SHARES
Share on FacebookShare on Twitter

स्थगित राष्ट्रिय कविता महोत्सव मंसिरको चौथो साता हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, प्राज्ञ परिषद्को आइतबार बसेको बैठकले सो निर्णयहरू गरेको हो ।

बैठकले प्राज्ञसभाको ३५औं बैठक मंसिरको चौथो साता बोलाउने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । स्थगित राष्ट्रिय कविता महोत्सव भौतिक दूरी कायम गरी प्रज्ञा भवन, कमलादीमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानले स्थापना दिवसका अवसरमा हरेक वर्ष असार ९ गते आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव कोरोना भाइरस (कोभिड–१९) कारण निर्धारित मितिमा हुन सकेको थिएन ।राष्ट्रिय कविता महोत्सवको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार अब कविता महोत्सवमा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यसअघि नगद पुरस्कारको राशि ३०, २५ र २० हजार रुपियाँ रहेको थियो ।

प्राज्ञ परिषद्को बैठकले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलको बौद्धिक चोरी भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा नेपाल प्रज्ञा–प्रतिष्ठानको नामसमेत मुछिएकाले सत्यतथ्य छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्तको संयोजकत्वमा गठित समितिमा प्राडा हेमनाथ पौडेल र प्राडा गोपीन्द्र पौडेल रहनुभएको छ ।

सञ्चारमाध्यमहरूमा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गत प्राडा लुइँटेलद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित अनुसन्धनात्मक पुस्तक ‘कविता सिद्धान्त र नेपाली कविताको इतिहास’ (२०६०) को सैद्धान्तिक खण्ड लुइँटेलले आफ्नो विद्यावरिधि शोधप्रबन्ध ‘कविताको संरचनात्मक विश्लेषण’ (२०५८) बाट हुबहु सारेको र यसबाट उहाँले ‘बौद्धिक चोरी’ गर्नुका साथै प्रज्ञा–प्रतिष्ठानलाई गुमराहमा राखी आर्थिक अनियमिततासमेत गरेको उल्लेख छ ।

यसै गरी लुइँटेलद्वारा नै लिखित र प्रज्ञा–प्रतिष्ठानबाटै प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ (२०६९) नामक अनुसन्धान विधिको प्रयोग नगरी उहाँले लेखेको पुस्तकलाई प्रज्ञा–प्रतिष्ठानले छापेको भनेर प्रज्ञा–प्रतिष्ठानप्रति प्रश्न उठेकाले सत्यतथ्य छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

बैठकले सवारीसाधनमा प्रयोग गरिने इम्बोस्ड नम्बरमा देवनागरी लिपिकै प्रयोग गर्ने सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानको ध्यानाकर्षणका आधारमा प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाको देवनागरी लिपिकै प्रयोग गरिने प्रतिबद्धता प्रकट गर्नुभएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ । बैठकले अन्य विभिन्न प्राज्ञिक तथा प्रशासनिक निर्णयहरू गरेको जनाएको छ ।

Share13Tweet8Share3
Previous Post

मजदुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोले तातोपानी नाका बन्द,

Next Post

२८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिनुभएको छ ।

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२० आश्विन २०७७, मंगलवार १२:५३
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२० आश्विन २०७७, मंगलवार १२:५३
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२० आश्विन २०७७, मंगलवार १२:५३
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२० आश्विन २०७७, मंगलवार १२:५३
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२० आश्विन २०७७, मंगलवार १२:५३
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२० आश्विन २०७७, मंगलवार १२:५३
Next Post
२८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिनुभएको छ ।

२८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिनुभएको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२० आश्विन २०७७, मंगलवार १२:५३
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२० आश्विन २०७७, मंगलवार १२:५३
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२० आश्विन २०७७, मंगलवार १२:५३
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२० आश्विन २०७७, मंगलवार १२:५३

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२० आश्विन २०७७, मंगलवार १२:५३
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२० आश्विन २०७७, मंगलवार १२:५३
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२० आश्विन २०७७, मंगलवार १२:५३
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२० आश्विन २०७७, मंगलवार १२:५३

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२० आश्विन २०७७, मंगलवार १२:५३
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२० आश्विन २०७७, मंगलवार १२:५३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.