पछिल्लो समय उपत्यकामा संक्रमण दर ह्वात्तै बढेकाले अस्पतालहरूमा समेत बेड अभाव हुन थालेको छ। अस्पतालहरूमा संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर अभाव हुन थालेको छ।
अधिकांश अस्पतालहरूले आइसियू बेड भरिएको भन्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएका छन्। आइसियूमा भर्ना गर्नुपर्ने बिरामी आए अस्पतालहरुले स्वास्थ्य मन्त्रालयमा खबर गरेपछि मन्त्रालयले कतै आइसियू खाली छ भने मिलाइदिने पनि गरेको छ ।
सरकारी अस्पतालमा मात्र नभई संक्रमितहरूको उपचार गरिरहेका निजी अस्पतालहरूमा पनि आइसियू बेड भरिएका हुन्। संक्रमण रोक्न नसक्दा हिजोभन्दा आज र आजभन्दा भोलि गाह्रो हुँदै गइरहेको छ । यस्तै रहे स्थिति नियन्त्रणबाहिर जान सक्ने अवस्था देखिएको छ ।