अभिनेता जीतु नेपालको लोकप्रिय कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ को दोस्रो सिजन प्रसारणको क्रममा छ । यो सिजनमा दर्शकहरुले केही परिवर्तन देख्न पाउने भएका छन् । दोस्रो सिजनमा लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई दर्शकले देख्न नपाउने भएका छन् ।
निरौलाले फेसबुकमा एउटा स्टाटस लेखेर घुमाउरो पाराले आफू उक्त शोको नया सिजनमा नरहने उल्लेख गरेकी छिन् । प्राप्त जानकारी अनुसार दीपाश्रीको स्थानमा अब अभिनेत्री करिश्मा मानन्धरलाई देख्न पाइने छ । अभिनेत्री दीपाश्री निरौला महानायकको विवादमा मुछिएका कारण मुन्द्रेको कमेडी क्लबका प्रायोजकहरुको दवावमा नै उनको विकल्प खोजिएको हो ।
मुन्द्रको कमेडी क्लबको नयाँ सिजनको पहिलो कार्यक्रममा अभिनेत्री रेखा थापा र त्यसपछि पत्रकार ऋषि धमला तथा उनकी अभिनेत्री श्रीमती एलिजा गौतमलाई अतिथिको रुपमा देख्न पाइने छ ।