Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु;-मुख्यमन्त्री

माेलाम खबर by माेलाम खबर
२६ आश्विन २०७७, सोमबार १३:५४
in पत्रपत्रिका, विविध, समाचार
अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु;-मुख्यमन्त्री
30
SHARES
Share on FacebookShare on Twitter

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव प्रस्ताव ल्याएका छन् । मुख्यमन्त्री शाहीले संसदीय दल तथा सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएका हुन् ।

नेकपाका १८ सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहमार्फत उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रदेश सभा सदस्य तथा नेकपा कर्णालीका सहइन्चार्ज यमलाल कँडेलको नेतृत्वमा नेकपाका १८ सांसदले हस्ताक्षर गरी संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वासको प्रस्ताव बुझाएका हुन् ।

नेकपा प्रदेश सभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको र नियम २४ को (१, २, ३, ४) बमोजिम यथाशक्य बैठक बोलाएर मार्ग प्रसस्त गर्न आग्रह पनि गरेका छन् ।

सरकारविरुद्ध हस्ताक्षर गर्नेमा पूर्वएमालेका १४ र पूर्वमाओवादीका चारजना छन् । कर्णाली प्रदेश सभामा नेकपाका ३३ सांसद रहेका छन् । ‘नेपालमा नै पहिलोपटक हामीले कर्णालीबाट अभ्यास गरेका छौँ,’ अविश्वासको प्रस्ताव पेस गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद कँडेलले भने, ‘३३ सांसदमध्ये हामी १८ जनाले अविश्वासको प्रस्ताव ल्याएका छौँ ।’ मुख्यमन्त्री शाहीले संसद् र सरकारमा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले अविश्वासको प्रस्ताव ल्याएको सांसद कँडेलले दाबी गरे ।

मुख्यमन्त्री शाहीले सरकारका काम कारबाही र गतिविधिमा प्रभावकारी भूमिका खेल्न नसकेका कारणले अविश्वासको प्रस्ताव पेस गरिएको सांसद अमरबहादुर थापाले बताए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वएमाले
यामलाल कँडेल सुर्खेत २(ख), चन्द्रबहादुर शाही मुगु १(ख), करवीर शाही जाजरकोट १(ख), कुर्मराज शाही कालिकोट १ (क), अमरबहादुर थापा दैलेख १(ख) सुशीलकुमार थापा २ दैलेख (क), मीना रखाल दैलेख दानबहादुर परियार मुगु १ (क), पदम रोकाया जुम्ला १ (ख), पद्मा खड्का सुर्खेत, कौशिलावती खत्री जाजरकोट, खड्कबहादुर खत्री सुर्खेत १ (ख), बहमीक्यादी बोहोरा डोल्पा र देवी ओली रुकुमपश्चिम रहेका छन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने पूर्वमाओवादी 
पुष्पा घर्ती सुर्खेत, राजु नेपाली सुर्खेत, धर्मराज रेग्मी दैलेख र डम्बरबहादुर विष्ट सुर्खेत रहेका छन् ।

संसदीय दलको बैठक २८ असोजमा 
अविश्वास पेस गर्ने सांसदहरूले २८ असोजमा संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन् । संसदीय दलको नेताका रूपमा मुख्यमन्त्री शाहीले संसदीय दलको बैठक बोलाउन नपाउने र अब संसदीय दलको सचेतकका रूपमा गुलाजंग शाहीले संसदीय दलको बैठक आह्वान गर्ने कँडेलले बताए ।

उपसभामुखद्वारा पनि हस्ताक्षर
तत्कालीन नेकपा माओवादीको कोटाबाट कर्णाली प्रदेश सभाको उपसभामुखमा निर्वाचित पुष्पा घर्तीले पनि मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी छिन् ।
सरकारका संग्लन मन्त्रीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छैनन् । सभामुख र मन्त्रीबाहेक अन्य सांसदहरूले हस्ताक्षर गरेको प्रदेश सभा सदस्य कँडेलले जानकारी दिए ।

अविश्वासको प्रस्ताव फेस गर्छु : मुख्यमन्त्री
मुख्यमन्त्री शाहीले लामो समयदेखि अविश्वासको प्रस्ताव ल्याउने तयारी गर्नेहरूले ल्याएको प्रस्ताव फेस गर्न आफू तयार रहेको बताएका छन् । ‘सरकारका राम्रा काम प्रचार गर्ने कुरा त परै जावस कानुन बनाउने कुरामा पनि चासो दिएको देखिँदैन, खालि सरकार परिवर्तनको हल्ला गर्ने र खोचे थाप्ने काम भइरहेको छ । यसरी कर्णालीको विकास सम्भव छैन,’ उनले भने, ‘अहिले अविश्वासको प्रस्ताव ल्याए, त्यसको सामना गर्न तयार छु ।’

उनले पार्टीभित्रको आन्तरिक समस्या छलफलबाटै हल हुने बताए । ‘प्रधानमन्त्री ओलीविरुद्ध पनि यस्ता कुरा आएकै हुन् । दलको आन्तरिक कुरा हो यो । संसदीय दलको बैठकमा छलफल हुन्छ,’ उनले भने ।

Share12Tweet8Share3
Previous Post

उपत्यकावासीमा संक्रमणको खतरा बढ्दै,,,

Next Post

पिउने पानीको मूल्य बढाउने निर्णयबाट पछि हटे, नेपाल बोटलर्स वाटर एसोसिएसन,,,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२६ आश्विन २०७७, सोमबार १३:५४
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ आश्विन २०७७, सोमबार १३:५४
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२६ आश्विन २०७७, सोमबार १३:५४
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२६ आश्विन २०७७, सोमबार १३:५४
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२६ आश्विन २०७७, सोमबार १३:५४
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२६ आश्विन २०७७, सोमबार १३:५४
Next Post
पिउने पानीको मूल्य बढाउने निर्णयबाट  पछि हटे, नेपाल बोटलर्स वाटर एसोसिएसन,,,,

पिउने पानीको मूल्य बढाउने निर्णयबाट पछि हटे, नेपाल बोटलर्स वाटर एसोसिएसन,,,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२६ आश्विन २०७७, सोमबार १३:५४
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२६ आश्विन २०७७, सोमबार १३:५४
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२६ आश्विन २०७७, सोमबार १३:५४
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२६ आश्विन २०७७, सोमबार १३:५४

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ आश्विन २०७७, सोमबार १३:५४
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ आश्विन २०७७, सोमबार १३:५४
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२६ आश्विन २०७७, सोमबार १३:५४
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२६ आश्विन २०७७, सोमबार १३:५४

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ आश्विन २०७७, सोमबार १३:५४
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ आश्विन २०७७, सोमबार १३:५४
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.