Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

बिहीबार दिउँसो नेपाल ग्यासको सिलिन्डर विस्फोट,,,,

माेलाम खबर by माेलाम खबर
३० आश्विन २०७७, शुक्रबार १५:४९
in पत्रपत्रिका, विविध, समाचार
बिहीबार दिउँसो नेपाल ग्यासको सिलिन्डर विस्फोट,,,,
84
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित फलफूलचोकमा रहेको एक घरमा बिहीबार दिउँसो नेपाल ग्यासको सिलिन्डर विस्फोट हुँदा तीनतले घर पूर्ण रूपले क्षतिग्रस्त भएको छ । स्व. श्याम केसीको घरमा सिलिन्डर पड्किँदा आसपासका १२–१४ घरमा क्षति पुगेको तथा ११ जना घाइते भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र राठौरले जानकारी दिए ।

‘भुइँ तलाको भान्साकोठामा सिलिन्डर विस्फोट भएको देखिन्छ, विस्फोटबाट घरमा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘एउटा ग्यास पड्केर आगो लागेपछि सँगै रहेको अर्को ग्यास पनि पड्किँदा क्षति धेरै हुन पुगेको हो ।’

सो क्षेत्रका वडाध्यक्ष मुकुन्द रिजालका अनुसार कोरोना लागेर दुई दिनअघि मात्र घरधनी केसीको मृत्यु भएको थियो । उनको मृत्युपछि भुइँ तलामा केसीका छोरा–बुहारी र श्रीमती किरिया बसेका थिए । उनीहरूलाई भेट्न तीनजना आफन्त पनि पुगेका थिए । ‘बिहीबार दिउँसो पौने १२ बजेतिर खानेकुरा पकाउन एउटा सिलिन्डर बालेको केही समयपछि नै ग्यास लिक भएर पाइप जल्न थालेको परिवारले बताएका छन्,’ वडाध्यक्ष रिजालले भने, ‘त्यसपछि आफन्तसमेत मिलेर ग्यास भरिएको एउटा सिलिन्डरसहित सबैजना बाहिर आए ।

लगत्तै घरभित्र विस्फोट भएको हो ।’ दुईवटा सिलिन्डर विस्फोट हुँदा साढे तीन तलाको घर पूर्ण रूपले क्षति भएको वडाध्यक्ष रिजालले बताए । ‘घरको भित्ता तलदेखि माथिसम्मै भत्केको छ, यो घर मर्मत गरेर बस्न सक्ने अवस्थामा छैन,’ उनले भने, ‘सिलिन्डर पड्केको घरको ढोका छिमेकीको घरमा पुगेर अड्केको छ ।’

प्रहरीका अनुसार घटनामा मानवीय क्षति ठूलो भएको छैन । वडाध्यक्ष रिजालले किरियापुत्री तीनजनालाई नै नजिकै रहेको इन्द्रायणी किरियापुत्री घरमा बस्ने व्यवस्था मिलाइएको बताए । सोह्रखुट्टे प्रहरी प्रमुख डिएसपी दीपक खड्काका अनुसार घटनामा परी एकजना गम्भीर घाइते भएका छन् ।

‘गम्भीर घाइते भएका एकजनाको स्टार हस्पिटलमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको छ भने खुट्टा भाँचिएको छ,’ उनले भने, ‘उनी छिमेकी घरका हुन् ।’ त्यस्तै, किरियापुत्री बसेका स्व. श्याम केसीका छोरालाई पनि टाउको, जिउ र खुट्टामा चोट लागेको छ । उनी सामान्य उपचारपछि किरियापुत्री घरमा आएर बसेका छन् ।

ग्यास उद्योग संघ अध्यक्षकै सिलिन्डर विस्फोट
सबैभन्दा पुरानो नेपाल ग्यासलाई नेपाली बजारमा सबैभन्दा सुरक्षित ग्यास सिलिन्डरका रूपमा समेत लिने गरिन्छ । कम्पनीले समय–समयमा थोत्रा भएका सिलिन्डरलाई स्क्र्याप गर्ने गरेका छन् । पछिल्लो समय २८ वैशाखमा नेपाल ग्यास ब्रान्डका २ हजार थान असुरक्षित सिलिन्डर नष्ट गरिएको थियो ।

बालाजुस्थित उद्योगपरिसरमा मिति सकिएका, कुच्चिएका र उपभोगका दृष्टिकोणले जोखिमयुक्त सिलिन्डरको पहिचान गरी नष्ट गरेको कार्यकारी निर्देशक गोकुल भण्डारीले जानकारी दिएका छन् । अन्य कम्पनीले यसरी स्क्र्याप गरेको उदाहरण भेटिँदैन । तर, बिहीबार दुईवटा सिलिन्डर विस्फोट भएपछि कमजोरी कसको भन्ने प्रश्न उठेको छ ।

नेपाल ग्यासका सञ्चालक भण्डारीले सत्यतथ्य छानबिन भई बाहिर आउनुपर्ने बताए । ‘हाम्रो ग्यास सिलिन्डर सुरक्षित छन् । कसको कमजोरीले सिलिन्डर विस्फोट भएको भन्ने कुरा बाहिर आएपछि यो विषयमा थप बोल्न सहज हुन्छ,’ उनले भने ।

ग्यास उद्योग संघका अध्यक्षसमेत रहेका भण्डारीले सिलिन्डर विस्फोटले हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न बिमा गर्दै आएको बताए । ‘ग्यास कम्पनीकै कमजोरीबाट दुर्घटना भएको भन्ने पुष्टि भए बिमा कम्पनीबाट क्षतिपूर्ति भर्पाई हुने व्यवस्था छ । यसका लागि हामीले अधिकतम पहल गर्नेछौँ,’ उनले भने ।

ग्यास दुर्घटनामा १ करोडको बिमा
ग्यास दुर्घटनाबाट हुने जोखिम न्यूनीकरणका लागि ग्यास उद्योग संघको पहलमा १ करोड रुपैयाँसम्मको बिमा गर्ने गरिएको छ । संघका उपाध्यक्ष कुशप्रसाद मल्लीका अनुसार ग्यास विस्फोटबाट धनसम्पत्तिमा क्षति भए ४० लाख रुपैयाँसम्मको क्षतिपूर्ति बिमा कम्पनीले दिने गर्छ ।

‘त्यस्तै, ग्यास दुर्घटनामा ४ जनासम्मको मृत्यु भए १० लाखका दरले ४० लाख रुपैयाँसम्म भुक्तानी दिने व्यवस्था छ । सोभन्दा बढी संख्यामा मृत्यु भए ४० लाखलाई दामासाहीका हिसाबले वितरण गरी क्षतिपूर्ति दिइन्छ,’ मल्लीले भने, ‘घाइतेको उपचार खर्चबापत चारजनासम्मको जनही ५ लाखका दरले २० लाख रुपैयाँसम्म व्यहोर्ने भन्ने छ । सोभन्दा बढी घाइते भए २० लाख रुपैयाँलाई नै दामासाही हिसाबले क्षतिपूर्ति उपलब्ध गराइनेछ ।’

यो क्षतिपूर्ति भर्पाईका लागि सिलिन्डरमै भएको कमजोरीका कारण दुर्घटना भएर क्षति पुगेको प्रमाणित हुनुपर्नेछ । उपभोक्ताको लापरबाहीले सिलिन्डर विस्फोट भए बिमा रकम दाबी गर्न नसकिने व्यवस्था रहेको छ । मल्लीका अनुसार जुन सिलिन्डर विस्फोट भएको हो, सोही कम्पनीले बिमा रकम भुक्तानी गर्ने व्यवस्था छ ।

यो व्यवस्थाअनुसार बिहीबारको घटनामा नेपाल ग्यासकै कमजोरीले सिलिन्डर पड्केको पुष्टि भए घर क्षतिबापत ४० लाख र उपचार खर्चबापत थप २० लाख रुपैयाँ सो कम्पनीले बिमा कम्पनीबाट पीडितलाई भुक्तानी दिलाइदिनुपर्ने हुन्छ ।

Share34Tweet21Share8
Previous Post

घटनामा संलग्न ६ प्रहरीलाई ज्यान मुद्दा चलाउन सिफारिस ,,,

Next Post

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले सबै शय्यामा अक्सिजन जडान ,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
३० आश्विन २०७७, शुक्रबार १५:४९
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० आश्विन २०७७, शुक्रबार १५:४९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० आश्विन २०७७, शुक्रबार १५:४९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

३० आश्विन २०७७, शुक्रबार १५:४९
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

३० आश्विन २०७७, शुक्रबार १५:४९
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

३० आश्विन २०७७, शुक्रबार १५:४९
Next Post
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले सबै शय्यामा अक्सिजन जडान ,,

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले सबै शय्यामा अक्सिजन जडान ,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

३० आश्विन २०७७, शुक्रबार १५:४९
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

३० आश्विन २०७७, शुक्रबार १५:४९
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

३० आश्विन २०७७, शुक्रबार १५:४९
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

३० आश्विन २०७७, शुक्रबार १५:४९

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० आश्विन २०७७, शुक्रबार १५:४९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० आश्विन २०७७, शुक्रबार १५:४९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० आश्विन २०७७, शुक्रबार १५:४९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

३० आश्विन २०७७, शुक्रबार १५:४९

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० आश्विन २०७७, शुक्रबार १५:४९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० आश्विन २०७७, शुक्रबार १५:४९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.