जुनसुकै स्थानबाट सोलुखुम्बुको लुक्ला जाने हवाई यात्रुहरुले कोरोना संक्रमण नभएको रिपोर्ट अनिवार्य रुपमा देखाउनु पर्ने भएको छ ।
यसअघि काठमाडौंबाट लुक्ला आउने यात्रुहरुका लागि मात्रै पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने नियम थियो ।
लुक्लामा तारा, समिट, सीता, श्री एयरलाइन्स र हेलिकप्टरले सेवा दिँदै आएका छन् । लुक्लामा काठमाडौंका साथै, फाप्लु र मन्थलीबाट हवाई उडान हुँदै आएको छ ।