Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home खेलकुद

म्याराडोनाको ६०औँ जन्मोत्सव ,,,,

माेलाम खबर by माेलाम खबर
१६ कार्तिक २०७७, आईतवार ११:३६
in खेलकुद, पत्रपत्रिका, विविध, समाचार
म्याराडोनाको  ६०औँ  जन्मोत्सव ,,,,
33
SHARES
Share on FacebookShare on Twitter

अर्जेन्टिनी फुटबल लिजेन्ड डिएगो म्याराडोना सेल्फ आइसोलेसनमा छन् । निजी सुरक्षाकर्मी कोरोना संक्रमित भएपछि म्याराडोना राजधानी बुनेस आइरिसस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका हुन् । आइसोलेसनमा नरहेको भए म्याराडोनाले शुक्रबार मनोरञ्जनका साथ जन्मदिन मनाइरहेका हुन्थे । अक्टोबर ३० उनको जीवनकै महत्वपूर्ण दिन हो ।

यसै दिन म्याराडोना जन्मिएका हुन् । कोभिड–१९ को महामारी तथा सेल्फ आइसोलेसनमा रहेका म्याराडोनाले आफ्नो ६०औँ वर्षको जन्मोत्सव सामान्य रूपले मनाएका छन् । म्याराडोना फुटबल जगत्कै एक लिजेन्डरमा गनिन्छन् । म्याराडोना विश्वकै सर्वोत्कृष्ट खेलाडी पेलेसँग आफूलाई दाँज्ने गर्छन् । यसैकारण म्याराडोना पटक–पटक पेलेसँग वाक्युद्ध गर्छन् ।

आफ्नो समयकै एक उत्कृष्ट तथा महँगा खेलाडी म्याराडोनाको करिअर निकै उतार–चढावका रूपमा रहेको देखिन्छ । एकल प्रयासमा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउँदा कमाएको ख्याति उनले लागुऔषध सेवन गरी मेटाए । सन् २००४ मा अत्यधिक लागुऔषध ‘ड्रग्स’ सेवन गरेका कारण उनी मृत्युको मुखमा पुगेका थिए । यद्यपि, दोस्रो जीवन पाए पनि उनले लागुऔषध चटक्कै त्याग्न सकेका छैनन् ।

धेरैले म्याराडोनाको वास्तविक नाम बिर्सिसकेका छन् । डिएगो अर्मान्डो म्याराडोना नै उनको न्वारानको नाम हो । राम्रो वा नराम्रो कामले नै बिर्सन नसक्ने एक नाम हो– म्याराडोना । इंग्ल्यान्डका गोलरक्षक पिटर सेल्टोन यसै पंक्तिमा पर्छन् । पिटर म्याराडोनालाई एक असलभन्दा पनि खराब खेलाडीका रूपमा विश्लेषण गर्न रुचाउँछन् ।

म्याराडोनाको नाम लिँदा पिटर सधैँ सन् १९८६ को विश्वकप सम्झने गर्छन् । मेक्सिकोमा आयोजित विश्वकपमा म्याराडोनाले इंग्ल्यान्डविरुद्धको खेलमा ‘ह्यान्ड गोल’ अर्थात् हातले गोल गरेका थिए । उनले यसलाई ‘ह्यान्ड अफ गड’ भगवान्को हात भनी सम्बोधन गरे ।

उनले हातले गोल गर्दा इंग्ल्यान्डका गोलरक्षक पिटर नै थिए । खेल समाप्तिपछि पिटरले म्याराडोनासँग हात नै मिलाएनन् । अहिले पनि पिटर भन्ने गर्छन्, ‘मैले फुटबल मात्र नभएर अन्य खेलमा पनि देखेको छु, जब खेलाडीले गल्ती गर्छन्, त्यसवेला माफी माग्छन्, तर म्याराडोनाले जानाजान हातले गोल गरे पनि कहिल्यै माफी मागेनन्, उल्टै यसलाई भगवान्को हात भनी टिप्पणी गरी हिँडेका छन् ।’

फ्रान्सका जिनेदिन जिदान र माइकल प्लाटिनीले विश्वकपमा गरेको गल्तीप्रति माफी मागेको पिटर बताउँछन् । ‘इतिहास हेर्‍यौँ भने जिदान र प्लाटिनीजस्ता महान् खेलाडीले गल्तीपछि माफी मागेका छन्,’ पिटर भन्छन्, ‘यही नै हो एक महान् खेलाडीमा हुनुपर्ने गुण, तर म्याराडोनामा यस्तो केही पनि गुण छैन ।’

अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेसीले कुनै समय भनेका थिए ‘म म्याराडोनाजतिको उचाइ भेटाउन सक्दिनँ ।’ वर्तमान समयकै मेसी उत्कृष्ट खेलाडीमा पर्छन् । अर्जेन्टिनी टोलीलाई विश्वकप उपाधि दिलाउन नसक्दा नै म्याराडोनाले हात पारेको सफलता चुम्न नसकेको मेसी मान्छन् । ‘सम्भवत म म्याराडोनाले अर्जेन्टिनी जनतालाई दिलाएको सफलता र खुसीभन्दा लाखौँ माइल टाढा छु,’ म्याराडोनाप्रतिको बुझाइबारे मेसीले भने ।

सन् २०१० को विश्वकपमा म्याराडोना अर्जेन्टिनी प्रशिक्षकका रूपमा सहभागी भए, त्यसवेला मेसी प्रमुख खेलाडी थिए । अर्जेन्टिनी लिजेन्डको प्रशिक्षणमा मैदानमा उत्रन पाएको क्षण अहिलेसम्म मेसीले बिर्सेका छैनन् । ‘दक्षिण अफ्रिकामा भएको विश्वकपमा म्याराडोनासँग बिताएको क्षण मलाई अहिलेसम्म याद छ,’ मेसीले भने ।

म्याराडोनाको स्वर्णिम युग सन् १९८२ देखि १९९० सम्म मान्ने गरेका छन् । यसै समयमा उनले अर्जेन्टिनालाई एकपटक विश्वकप उपाधि दिलाउनुका साथै उपविजेता बनाएका थिए । यो अवधिमा म्याराडोना स्पेनिस क्लब बार्सिलोनादेखि इटालियन नेपोलीसम्म अनुबन्ध हुँदा विश्व कीर्तिमान रकममा अनुबन्धित भए । बार्सिलोनामा उनले १९८२ देखि ८४ सम्म दुई सिजन खेले । त्यसपछि उनी सिरिए क्लबतिर लागे । जहाँ उनको मन बस्यो नेपोलीमा । त्यसवेला नेपोली सिरिएमा सामान्य क्लबजस्तै थियो । तर, म्याराडोनाको आमगनपछि नेपोलीले युरोपमा तहल्का नै मच्चायो । यसबीचमा उनले नेपोलीलाई दुईपटक सिरिए तथा एक युरोपियन फुटबल च्याम्पियन बनाए । यसैकारण नै नेपोलीका समर्थक अहिले पनि म्याराडोनालाई भगवान्झैँ मान्छन् ।

धेरैजसो इटालियन फुटबल समर्थकले म्याराडोनालाई शत्रुका रूपमा लिने गरेका छन् । सन् १९९० को विश्वकप इटालीमा भएको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इटालीको सामना गर्‍यो । इटालियन समर्थकले म्याराडोनाले इटालीप्रति उदारता देखाउने विश्वास लिएका थिए । तर, म्याराडोनाले अर्जेन्टिनालाई ब्याक टु ब्याक विश्वकपको फाइनलमा स्थान सुरक्षित गराए ।

फाइनलमा अर्जेन्टिना तत्काल पश्चिम जर्मनीसँग १–० ले पराजित भयो । यो फाइनल खेल हेर्न रंगशालामा पुगेका समर्थक म्याराडोनाको विरोधी बने । सबै दर्शकले जर्मनीको समर्थन गरेका थिए । म्याराडोनाले युरोपियन फुटबलमा पदार्पण गर्नुअघि प्लाटिनी, रोवर्टो ब्राजियो, रुड गुलिट तथा मार्को भान वास्टेन प्रख्यात खेलाडीले जग बसालेका थिए । तर, म्याराडोनाको आगमनसँगै यी सबै खेलाडी बिस्तारै पाखा लाग्न बाध्य भए ।

म्याराडोनाको फुटबल करिअर सन् १९९१ पछि ओरालो लागेको हो । प्रतिबन्धित कोकिन सेवन गरेको प्रमाणित भएपछि म्याराडोना १५ वर्ष प्रतिबन्धमा परे । फुकुवा भएपछि उनले १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपमा अर्जेन्टिनाको नेतृत्व गर्ने अवसर पाए । ग्रिसविरुद्धको गोलपछि उनको पुनः रगत परीक्षण भयो । उनको रगतमा लागुऔषध सेवन गरेको पाइयो । योवेला पनि उनले चर्को विवादको सामना गरे ।

म्याराडोना विभिन्न समयमा विवादमा पर्ने गर्छन् । एकपटक लागुऔषध सेवनबाट मुक्त हुन उनले क्युबाका राष्ट्रपति फिडेल क्यास्ट्रोको सहायता लिए । क्युबाको एक टापुमा कोकिनको लत छुटाउन म्याराडोना २००० देखि २००५ सम्म बसे । क्युबाका राष्ट्रपति क्यास्ट्रोसँग सम्बन्ध राखेका कारण फिफाले समेत म्याराडोनालाई स्पष्टीकरण लिएको थियो ।

म्याराडोनाले आफ्नो फुटबल करिअरको अन्त्य अर्जेन्टिनी क्लब बोका जुनियरबाट गरे । यसबीचमा उनी सेभिल्ला र न्युवेल्स वल्र्ड ब्वाइजसँग आबद्ध भए । सन् १९९७ मा उनले फुटबल करिअरबाट सन्न्यास लिए । फुटबलसँग कहिले टाढा रहन नसक्ने ६० वर्षीय म्याराडोनाले युएई तथा मेक्सिकोको क्लबलाई प्रशिक्षण दिन भ्याए । सन्की तथा आफ्नै कुरा मात्र लागू हुनुपर्ने अडान लिने म्याराडोना यी दुवै क्लबमा लामो समय टिकेनन् । अहिले अर्जेन्टिनाकै जिम्यासिया ला प्लाटामा प्रशिक्षकका रूपमा उनी छन् ।

Share13Tweet8Share3
Previous Post

वडाध्यक्षका बाबुको वडा कार्यालयमा सालिक निर्माण,,,,

Next Post

दशरथ रंगशालामा फुटबल प्रशिक्षण सुरु,,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
१६ कार्तिक २०७७, आईतवार ११:३६
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१६ कार्तिक २०७७, आईतवार ११:३६
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१६ कार्तिक २०७७, आईतवार ११:३६
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१६ कार्तिक २०७७, आईतवार ११:३६
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

१६ कार्तिक २०७७, आईतवार ११:३६
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१६ कार्तिक २०७७, आईतवार ११:३६
Next Post
दशरथ रंगशालामा फुटबल  प्रशिक्षण सुरु,,,

दशरथ रंगशालामा फुटबल प्रशिक्षण सुरु,,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१६ कार्तिक २०७७, आईतवार ११:३६
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१६ कार्तिक २०७७, आईतवार ११:३६
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

१६ कार्तिक २०७७, आईतवार ११:३६
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१६ कार्तिक २०७७, आईतवार ११:३६

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१६ कार्तिक २०७७, आईतवार ११:३६
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१६ कार्तिक २०७७, आईतवार ११:३६
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१६ कार्तिक २०७७, आईतवार ११:३६
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१६ कार्तिक २०७७, आईतवार ११:३६

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१६ कार्तिक २०७७, आईतवार ११:३६
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१६ कार्तिक २०७७, आईतवार ११:३६
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१६ कार्तिक २०७७, आईतवार ११:३६
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१६ कार्तिक २०७७, आईतवार ११:३६

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१६ कार्तिक २०७७, आईतवार ११:३६
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१६ कार्तिक २०७७, आईतवार ११:३६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.