Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

संघीय संसद्का निर्देशन कार्यान्वयन नहुने,,,,

माेलाम खबर by माेलाम खबर
१६ कार्तिक २०७७, आईतवार ११:१९
in पत्रपत्रिका, विविध, समाचार
संघीय संसद्का  निर्देशन कार्यान्वयन नहुने,,,,
35
SHARES
Share on FacebookShare on Twitter

संघीय संसद्का समितिहरूले दिएका निर्देशन सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ । कोभिड– १९ पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायलाई दिएको निर्देशन सरकारले पालना नगरेको पाइएको छ ।

समितिले जनताको पिसिआर परीक्षण, क्वारेन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक औषधि, नियमित स्वास्थ्य जाँच उपचारलगायतका विषयमा दिएको निर्देशन पनि सरकारले पालना नगरेको पाइएको छ ।

नेपालमा लकडाउनअघि (२०७६/१२/११) चीनको वुहानमा कोरोना देखिएपछि नेपालमा पर्न सक्ने प्रभावका विषयमा कानुन न्याय तथा मानवअधिकार समितिको ६ चैतमा बसेको बैठकले पहिलो निर्देशन दिएको थियो ।

जनसंख्याअनुसारको आइसियू, आइसोलेसन बेड, अत्यावश्यक औषधि खरिद, बजार अनुगमन, सम्भावित जोखिम क्षेत्रको पहिचान र संरक्षणलगायतका विषयमा सरकारलाई निर्देशन दिएको थियो । त्यसपछि विभिन्न समितिले दुई दर्जनभन्दा बढी बैठक बसेर कोरोना नियन्त्रण, रोकथाम र नागरिकको स्वास्थ्य उपचारसम्बन्धी निर्देशन दिएका छन् ।

पछिल्लो निर्देशन १८ असोज ०७७ मा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोनाको कारण पर्यटन क्षेत्रमा परेको असरबारे अध्ययन विश्लेषण गर्दै हवाई सेवा र होटेल व्यवसाय सञ्चालन कसरी गर्न सकिन्छ भनेर सरकारसँग राय मागेको छ ।

यसबीचमा महिला तथा सामाजिक समिति, शिक्षा तथा स्वास्थ्य समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति, राज्य व्यवस्था समिति, विधायन तथा व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आफ्नो क्षेत्राधिकारभित्र रहेका मन्त्रालय, विभागलाई निर्देशन दिएका थिए ।

निर्देशनहरू कुनै तत्काल कार्यान्वयन गर्नुपर्ने, कुनै नीति बनाउनुपर्ने, कुनै कानुन परिमार्जन गर्नुपर्नेलगायतका छन् । तर, कुनै पनि निर्देशन सरकारले पालना गरेको छैन ।

सरकारले आफ्नो अनुकूल हुने कानुनको व्याख्या गरेर लागू गरेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सरकारले अहिले लागू गरेको संक्रामक रोग ऐन, २०२० को सन्दर्भमा कानुन सुधार गरेर मात्र लागू गर्नु १९ वैशाख ०७७ मा दिएको निर्देशनसमेत पालना गरेको छैन ।

सरकारले निर्देशन पालना नगरेको विषयमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले सरकारले संसदीय समितिलाई हेपेको टिप्पणी गरेका छन् । समितिका निर्देशनहरू कार्यान्वयन गर्ने सम्बन्धमा मन्त्री र मन्त्रालयले अटेर गरे, अवज्ञा गरे समितिले सीधै प्रधानमन्त्रीलाई निर्देशन पठाउने व्यवस्था प्रयोगमा ल्याउन सक्नुपर्ने उनले बताए ।

यस्तै, लामो समय संसद् सेवामा काम गरेका पूर्वसचिव मुकुन्द शर्माले पनि समितिको प्रभावकारिता र सरकारलाई समितिप्रति जवाफदेही बनाउन प्रधानमन्त्रीलाई निर्देशन पठाउने वा समितिमै बोलाएर निर्देशन दिन सकिने व्यवस्था नियमावलीमा भएको बताए ।

समितिले दिने गरेका निर्देशन एक–आपसमा विरोधाभाष हुने, कार्यक्षेत्रभन्दा बाहिर निर्देशन दिने गरेको कारण पनि सरकारलाई निर्णय कार्यान्वयनबाट पन्छिन सजिलो हुने गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे सरकारलाई अनुकूल हुने निर्णय कार्यान्वयनमा आउने गरेपछि प्रतिकूल हुने निर्देशनको वास्ता नगर्ने प्रवृत्ति रहेको बताउँछन् ।

समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्ने दायित्व भए पनि प्रतिकूल हुने अवस्थामा थाहा नपाएजस्तो गरेर सरकारले वास्ता नगर्ने र कार्यान्वयनका लागि प्राथमिकता नदिने गरेको उनले बताए ।
समितिले दिएका निर्णय कार्यान्वयन भए–नभएको अनुगमन र निगरानी गर्न सचिवालयसँग पर्याप्त कर्मचारी छैनन् । प्रवक्ता पाण्डेले कार्यान्वयन भए–नभएको अवस्था अनुगमन गर्न सीमित स्रोत भएको बताए ।

कार्यान्वयन नभएको अवस्थामा पनि सांकेतिक रूपमा भए पनि निर्देशन कार्यान्वयनको अवस्था माग्ने गरेको उनले बताए ।

Share14Tweet9Share4
Previous Post

फ्रान्समा राष्ट्रव्यापी लकडाउन घोषणा,,

Next Post

भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही,,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१६ कार्तिक २०७७, आईतवार ११:१९
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१६ कार्तिक २०७७, आईतवार ११:१९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१६ कार्तिक २०७७, आईतवार ११:१९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१६ कार्तिक २०७७, आईतवार ११:१९
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

१६ कार्तिक २०७७, आईतवार ११:१९
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१६ कार्तिक २०७७, आईतवार ११:१९
Next Post
भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही,,,

भाडादरको विवरण (लिस्ट) नटाँस्ने सवारीसाधनलाई कारबाही,,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१६ कार्तिक २०७७, आईतवार ११:१९
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१६ कार्तिक २०७७, आईतवार ११:१९
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१६ कार्तिक २०७७, आईतवार ११:१९
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

१६ कार्तिक २०७७, आईतवार ११:१९

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१६ कार्तिक २०७७, आईतवार ११:१९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१६ कार्तिक २०७७, आईतवार ११:१९
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१६ कार्तिक २०७७, आईतवार ११:१९
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१६ कार्तिक २०७७, आईतवार ११:१९

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१६ कार्तिक २०७७, आईतवार ११:१९
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१६ कार्तिक २०७७, आईतवार ११:१९
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.