नेकपा एमालेको जनवर्गीय संगठन नेपाल लोकतान्त्रिक तामाङ संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ।हरिवन ५ घुर्कौलीमा रहेको बालगृहको प्राङ्गणमा शुक्रबार सर्लाहीका पुर्व एमालेका नेताहरुको उपस्थितिमा नयाँ नेतृत्व चयन गरिएको हो ।
भेलाले निर्मल घिसिङको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
उपाध्यक्ष ऐताबहादुर बोम्जन, सचिव राज लो तामाङ, सहसचिव प्रेमध्वज घिसिङ र अन्य सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो।
नेपाल लोकतान्त्रिक तामाङ संघका निबर्तमान अध्यक्ष स्वर्गीय नरबहादुर योञ्जनको असमायिक निधन पछि जिल्ला कार्यसमितिको पुनर्गठन गरिएको हो। केही समयपछि पूर्व माओवादी केन्द्रका तामाङ मुक्ति मोर्चासंग छलफल गरि एउटै संगठनको निर्माण गर्ने तयारी भइरहेको पार्टी नेता सुरेन्द्र लामाले जानकारी दिए ।
कार्यक्रम नेकपाका प्रदेश सांसद बेची लुङ्गेलीको प्रमुख आतिथ्यता, नेपाल लोकतान्त्रिक तामाङ संघका केन्द्रीय सदस्य दर्शन लामा, पार्टी नेताहरु सुरेन्द्र लामा, धनबहादुर मिक्चन, छत्रबहादुर डुम्जन, लालसिङ थिङ, लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न भएको थियो।
हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर, बरहथवा र हरिपुर नगरपालिका भित्रका अगुवाईहरुको उपस्थिति रहेका थिए।