Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

जुरायो भाइटीकाको उत्तम साइत…..

माेलाम खबर by माेलाम खबर
२४ कार्तिक २०७७, सोमबार १५:२०
in पत्रपत्रिका, विविध, समाचार
जुरायो भाइटीकाको उत्तम साइत…..
35
SHARES
Share on FacebookShare on Twitter

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ मिनेटमा रहेको जनाएको छ । १ मंसिरमा मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित मुहूर्तको शुभसाइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र  सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

यस वर्ष यमपञ्चक २७ कात्तिकदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । २८ कात्तिकमा काग तिहार परेको छ । यसैगरी धनवन्तरीजयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।

२९ कात्तिकको बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने ३० कात्तिकको बिहान गर्नुपर्नेछ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने ३० कात्तिकमा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।  आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन  पात्रो (पञ्चांग) नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि ३० कात्तिकमा नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चांग (पात्रो) मा उल्लेख गरेका छन् ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको गौतमले बताए । यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि १ मंसिरमा मनाइन्छ । २ मंसिरको बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले १ मंसिरमा नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

नेवार समुदायका केही समूहले भने २ मंसिरमा भाइटीका लगाउने बताएका थिए । मंसिरमा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक  मनाइन्छ । तिहारमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको संख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ  जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।

Share14Tweet9Share4
Previous Post

कम्युनिस्ट नेता वीरबहादुर लामाको निधन….

Next Post

नेता गणेशमान सिंहको १०६औँ जन्मजयन्ती…..

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२४ कार्तिक २०७७, सोमबार १५:२०
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२४ कार्तिक २०७७, सोमबार १५:२०
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२४ कार्तिक २०७७, सोमबार १५:२०
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२४ कार्तिक २०७७, सोमबार १५:२०
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२४ कार्तिक २०७७, सोमबार १५:२०
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२४ कार्तिक २०७७, सोमबार १५:२०
Next Post
नेता गणेशमान सिंहको १०६औँ जन्मजयन्ती…..

नेता गणेशमान सिंहको १०६औँ जन्मजयन्ती.....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२४ कार्तिक २०७७, सोमबार १५:२०
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२४ कार्तिक २०७७, सोमबार १५:२०
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२४ कार्तिक २०७७, सोमबार १५:२०
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२४ कार्तिक २०७७, सोमबार १५:२०

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२४ कार्तिक २०७७, सोमबार १५:२०
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२४ कार्तिक २०७७, सोमबार १५:२०
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२४ कार्तिक २०७७, सोमबार १५:२०
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२४ कार्तिक २०७७, सोमबार १५:२०

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२४ कार्तिक २०७७, सोमबार १५:२०
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२४ कार्तिक २०७७, सोमबार १५:२०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.