कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । कोरोनाका कारण बन्द रहेका पदमार्गका होटल कात्तिक ५ गतेबाट सञ्चालनमा आएसँगै मनाङ पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि आएको हो ।
पिसिआर रिपोर्ट नेगेटिभ देखाएर आन्तरिक पर्यटकलाई मनाङ भित्रिन दिएकाले महामारीले धरासायी बनेको पर्यटन व्यवसाय अब केही भए पनि उकालो लाग्ने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङको भनाइ छ ।
सात महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार मनाङमा पुग्ने बाहिरी जिल्लाका पर्यटकलाई पिसीआर रिपोर्ट नेगेटिभ देखाएपछि मनाङ प्रवेश गर्न दिइएको छ । पर्यटक आगमन खुला गरिएसँगै मनाङ पुग्ने आन्तरिक पर्यटक पनि बढेका छन् ।
दैनिक २०/३० जना आन्तरिक पर्यटक मनाङ पुगेका छन् । पर्यटकको आगमन बढेसँगै होटल सञ्चालकहरुको व्यस्तता पनि बढ्न थालेको छ । कोरोनाका कारण ६ महिनासम्म पर्यटक नआउँदा काम बिहीन बनेका व्यवसायी अहिले पर्यटक आएसँगै पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् ।
विगतका वर्षहरुमा विशेष गरी वैदेशिक पर्यटक र केही मात्र नेपाली पर्यटक मनाङ पुग्ने गरे पनि यसवर्ष कोरोनाका कारण बाहिरी देशका पर्यटक नआउँदा आन्तरिक पर्यटक मात्र मनाङ पुगेका छन् । मनाङमा रहेका झरना, स्याउबारी, हिमताल र नजिकै रहेका हिमश्रृंखलाले आफ्नो मन लोभ्याएको बेसीशहरबाट पहिलो पटक मनाङ पुगेकी शोभा ठकुरीले बताइन् ।
मनाङमा यातायातको सहज भएसँगै अहिले मनाङ सदरमुकाम चामेदेखि पिसाङ, मनाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म पर्यट