दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले तत्काल दोहोरी तथा रात्रिकालीन व्यवसाय खुलाउनुपर्ने माग गर्दै काठमाडौँमा शान्तिपूर्ण प्रदर्शन गरेको छ ।
कोभिड–१९ ले नेपालको अर्थतन्त्र अस्तव्यस्त भएको र यसमा सबैभन्दा ठूलो मारमा दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय पनि परेको समितिको गुनासो छ । उनीहरुले सबै क्षेत्र खुल्ला भइसकेको र अव दोहोरी साँझ तथा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।
दोहोरी तथा रात्रिकालीन व्यवसाय तत्काल खुलाउनुपर्नेमा भन्दै समयमा नै आफुहरुको माग नसुने अर्को चरणको आन्दोलन गर्ने चेतावनी पनि समितिले दिएको छ ।