१) गजल
के हो ठेगाना कता हो घर नसोध्नु
म आफै बेखबर छु खबर नसोध्नु
उ सागर भेट्न बहुत हतारमा छ
खोलीले कहाँ छोड्यो बगर नसोध्नु
मृत्युको मुखबाट बाँचेर फर्केको छ
कस्तो हुन्छ मृत्युको डर नसोध्नु
म तिमीलाई प्रेम गर्छु बस प्रेम गर्छु
किन, केलाई प्रश्नको उत्तर नसोध्नु
म डस्विनमा फालेको फोहोर न हुँ
बिन्ति मेरो नाउ नसोध्नु थर नसोध्न
२ गजल
म संग कुनै विश्वविद्यालय र किताबहरुमा नभएको
जिन्दगीको अनुभव छ मेरा बा’ आमाबाट सिकेको
म पँचासको कुरा गर्छु साथी हजार झिकेर जान्छ
उस्ले पनि आफ्नो औंकात देखायो यार धनी बनेको
आज तिमी उचाइमा पुग्यो आफ्नो धरातल बिर्सियो
मैले कसरी बिर्सनु सक्छु त्यो दिन मेरो गोडा काटेको
बधाई दिन त तिम्रो बिहेमा नै आउन मन थियो प्रिय
ढिलो भएछ तिम्रो बिहेको निम्तो मेरो हातमा परेको
ए मलामी हो बिन्ति छ मलाई छिटो उठाएर लैजाउ
अब म हेर्न सक्दिन यो हालतमा आमा रोएर बसेको
प्रयत्ना वाईबा तामाङ
चन्द्रपुर -१,मंगलपुर, रौतहट