Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्ने….

माेलाम खबर by माेलाम खबर
३० मंसिर २०७७, मंगलवार ११:३०
in पत्रपत्रिका, विविध, समाचार
विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्ने….
70
SHARES
Share on FacebookShare on Twitter

कोरोना भाइरस ९कोभिड–१९० पछिको अवस्थामा विद्यालय पुनः सञ्चालन गर्न उपत्यकाका स्थानीय तहमा फरक–फरक खाले अभ्यास देखिएको छ ।

उपत्यकाका केही स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याइसकेका छन् भने कतिपय विद्यालय खोल्ने नखोल्ने निर्णयमा पुग्न सकेका छैनन् । केही स्थानीय तहले माथिल्लो तहबाट विद्यालय सञ्चालन गर्ने तयारी थालेका छन् । ललितपुर महानगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिने नीतिगत निर्णय गरेको छ । कुन विद्यालय कहिलेदेखि खोल्ने र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय सम्बन्धित विद्यालयले नै गर्नेछन् । महानगरपालिकाका शिक्षा प्रमुख महेन्द्र क्षेत्रीले विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका आधारमा विद्यालय व्यवस्थापन समितिले निर्णय गर्ने बताउनुभयो ।

सरकारले हालै सार्वजनिक गरेको विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधिमा विद्यालय आंशिक, पूूरै वा विभिन्न माध्यमबाट सञ्चालन गर्न सक्ने विकल्प खुला गरेको छ । विद्यालयले अभिभावकसित समेत समन्वय गरेर विद्यालय सञ्चालन गर्नुपर्नेछ ।

यसैबीच महानगरले आफ्नो क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयलाई निःशुल्क रूपमा सेनिटाइजर वा साबुन पानी उपलब्ध गराउने भएको छ । सामुदायिक विद्यालयमा स्रोत अभाव नहुने भएकाले यस खालको निर्णय गरिएको जनाइएको छ ।

काठमाडौँ महानगरपालिका भने कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा अन्तिम निर्णयमा पुग्न सकेको छैन । महानगरले विद्यालय कसरी र कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल जारी राखेको छ ।

विगत केही दिन यता विद्यालयका प्रधानाध्यापकसित यस विषयमा राय सुझाव लिने काम गरिएको छ । विद्यालय पुनः सञ्चालनका विषयमा आवश्यक निर्णय लिन अभिभावक, विद्यालय सञ्चालक, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि, निजी विद्यालयका शिक्षक लगायतसँग छलफल गरेर मात्र विद्यालय सञ्चालनको निर्णय गर्ने योजना रहेको महानगरका शिक्षा अधिकृत मोतीराज खनालले जानकारी दिनुभयो ।

निजी र सामुदायिक विद्यालयका सानो कक्षाका विद्यार्थीलाई तत्काल अनलाइनमै पढाउन आफूहरूले अनुरोध गरेको जानकारी गोदावरी नगरपालिकाका शिक्षा प्रमुख तथा उपसचिव देवीप्रसाद उपाध्यायले जानकारी दिनुभयो । जाडोको समयमा बालबालिकालाई जोखिम बढी हुनसक्ने भएकाले तत्काल विद्यालयमा नबोलाउन भनिएको र यस विषयमा अनुगमनसमेत गरिएको जनाइएको छ । तीन दिनको अवधिमा १५ वटा जति विद्यालयको अनुगमन गरिएको र विद्यालयमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको पाइएको जानकारी उहाँले दिनुभयो । यस विषयमा अभिभावकसँग समेत आवश्यक समन्वय गर्न नगरपालिकाले विद्यालयलाई निर्देशन गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएसँगै विद्यालय पुनः सञ्चालन हुन थालेका छन् । नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विद्यालयले मापदण्ड बनाएर पुनः सञ्चालन गर्ने निर्णय गरेको र यसमा कुनै समस्या नदेखिएको बताउनुभयो ।

विद्यार्थीलाई आलोपालो बोलाएरसमेत कतिपय विद्यालय सञ्चालन गरिएका छन् । विद्यालयको भौतिक अवस्था, विद्यार्थी सङ्ख्याका कारण पनि कतिपय विद्यालय विभिन्न चरणमा चलाउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

कीर्तिपुर नगरपालिकाले तयारी पूरा गरेर विद्यालय पुनः सञ्चालन गर्न सक्ने बाटो खोलेको छ । प्रारम्भिक चरणमा कक्षा ८, ९ र १० वा १, २ र ३ गरी विद्यालय सञ्चालनमा ल्याउन सक्ने गरी नगरपालिकाले विद्यालय सञ्चालनको बाटो खुला गरेको हो ।

वैकल्पिक विधिको पठनपाठनमा आबद्ध हुन नसकेका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राख्न नगरपालिकाले अनुरोध गरेको छ । भौतिक रूपमा कक्षा सञ्चालन भएका विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने निर्णय नगरपालिकाले गरेको छ । गोरखापत्रबाट

Share28Tweet18Share7
Previous Post

म मरे भने मेरो काजक्रियामा तिमी र मेरो भाइ इमान सामेल नहुनु। यो मेरो बिन्ती !

Next Post

जनताले नै राजतन्त्र फालेका हुन्;-नेपाली कांग्रेसका युवा नेता पौडेल..

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
३० मंसिर २०७७, मंगलवार ११:३०
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० मंसिर २०७७, मंगलवार ११:३०
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० मंसिर २०७७, मंगलवार ११:३०
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

३० मंसिर २०७७, मंगलवार ११:३०
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

३० मंसिर २०७७, मंगलवार ११:३०
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

३० मंसिर २०७७, मंगलवार ११:३०
Next Post
जनताले नै राजतन्त्र फालेका हुन्;-नेपाली कांग्रेसका युवा नेता  पौडेल..

जनताले नै राजतन्त्र फालेका हुन्;-नेपाली कांग्रेसका युवा नेता पौडेल..

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

३० मंसिर २०७७, मंगलवार ११:३०
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

३० मंसिर २०७७, मंगलवार ११:३०
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

३० मंसिर २०७७, मंगलवार ११:३०
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

३० मंसिर २०७७, मंगलवार ११:३०

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० मंसिर २०७७, मंगलवार ११:३०
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० मंसिर २०७७, मंगलवार ११:३०
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

३० मंसिर २०७७, मंगलवार ११:३०
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

३० मंसिर २०७७, मंगलवार ११:३०

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

३० मंसिर २०७७, मंगलवार ११:३०
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

३० मंसिर २०७७, मंगलवार ११:३०
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.