Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए……..

माेलाम खबर by माेलाम खबर
२ पुष २०७७, बिहीबार १२:००
in पत्रपत्रिका, पर्यटन, विविध, समाचार
भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए……..
55
SHARES
Share on FacebookShare on Twitter

लकडाउन खुलेपछि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएसँगै मानिसहरू विदेश यात्रामा निस्कन थालेका छन्।

चार महिनायता कोरोना कहरबीच पनि २६ हजारभन्दा बढी नेपालीले भिजिट भिसामार्फत नेपाल छोडेका छन्। चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि नियमित उडान बन्द भएको थियो। भदौ १६ गतेबाट नियमित उडान शुरू भएको हो।

पर्यटक भिसामा जाने नेपाली नागरिकले पासपोर्ट, भिसा, दुईतर्फी टिकट, गन्तव्यसम्म बोर्डिङ पास, स्पोन्सरले पठाएको चिठ्ठी अथवा एक हजार अमेरिकी डलर बराबर रकम र गन्तव्य देशमा बस्ने ठाउँ व्यवस्था गरेको प्रमाण देखाएपछि मात्र प्रस्थान अनुमति दिन गत सालको २०७६ कात्तिक २६ गते गृहमन्त्री स्तरीय बैठकले निर्णय गरेको थियो।

धेरैजसो नेपाली भिजिट भिसामा युएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन र मलेसिया गएका छन्। त्यसरी जान माथि उल्लेखित कागजात अनिवार्य देखाउनुपर्छ।

अध्यागमन विभागका अनुसार अन्तरराष्ट्रिय उडान खुलेपछि २६ हजार ४ सय ५३ नागरिकले स्वदेश छाडेका छन्। खाडी मुलुक, जापान, युरोप तथा अमेरिकी मुलुक गएका छन्।

नेपालबाट धेरै अन्तर्राष्ट्रिय उडान ट्रान्जिट जाने भएकोले यही मुलुकमा गएको भनेर निकाल्न सकेको विभागले जनाएको छ। विभागको तथ्यांकमा ट्रान्जिट राष्ट्रको उडान दर्ता हुने भएकोले त्यसरी अन्य मुलुकमा गएको तथ्यांकमा नराखिएको अध्यागमन विभागका प्रवक्ता टेकनारायण पौडेलले जानकारी दिए।

कोभिड त्रासका बाबजुद भदौ १६ गते देखि अन्तर्राष्ट्रिय उडान भएको थियो। यसअघि विदेशमा रहेका नेपाली कामदारलाई विभिन्न वायुसेवा कम्पनीको जहाज चार्टड गरी नेपाल ल्याइरहेको थियो।

भिजिट भिसा लिएका ५ सय ३८ लाई जान दिइएन

नियमित उडान खुलेपछि विभिन्न मुलुक जाने भनी त्रिभुवन विमानस्थल पुगेका नेपालीलाई पनि विभागले फर्काइदिएको छ। खाडीलगायत अन्य मुलुकमा रोजगारीका लागि नेपाली भिजिट भिसामा जाने गर्दा समस्या आउने गरेको छ।

पछिल्लो समय नेपालबाट भिजिट भिसा लिएर वैदेशिक रोजगारमा गएकाहरूमा समस्या सिर्जना भएपछि भिजिट भिसामा जानेलाई कडाइ गर्न थालिएको उनको दाबी छ। अध्यागमन विभागले भिजिट भिसामा जानेहरूको संख्या बढेको गुनासो आएपछि विमानस्थलमा अनुगमन गर्न थालिएको उने बताए।

कागजात नमिलेका र विभिन्न आशंका लागि विमानस्थलबाट ५ सय ३८ नेपालीलाई स्वदेश फर्काइएको पौडेलले बताए।

कुटनीतिक नियोगका कर्मचारी र नेपाली मुलका विदेशीलाई अन-अराइभल भिसा

सामान्य विदेशी नागरिकले अन-अराइभल भिसा लगाउन नपाउने उनले बताए। कोभिड महामारीको जोखिम अन्त्य भइनसकेकोले तत्काललाई उक्त निर्णय गरिएको हो। तर, कुटनीतिक नियोगका प्रतिनिधि र नेपाली मुलका गैर आवासीय संघका सदस्य र तिनका परिवारले भने सहजै भिसा पाउने प्रवक्ता पौडेल बताउँछन्।

कोभिडको जोखिम घटि नसकेको विदेशी नागरिकलाई अहिले पनि नेपालमा सहजै आगमनको लागि अनुमति दिएको छैन। भ्रमणको लागि नेपाल आउने विदेशी नागरिकलाई अन-अराइभल भिसा दिएको छैन। सम्बन्धित मुलकबाट नेपाल आउन भिसा लगाएर आउँछन् भने सहजै नेपाल प्रवेश गर्न पाउने पौडेलको भनाइ छ।

विभाग र सरकारले गरेको निर्देशन विपरीत नेपाल आएका ९ जना विदेशी नागरिकलाई स्वदेश फिर्ता पठाइएको उनले जानकारी दिए।

७७ जना विदेशी नागरिक निष्कासन

त्यसैगरी, नियमित उडान सुचारु भएपछि विभिन्न समयमा नेपाल आएर बसी गैरकानुनी कार्यमा संलग्न भएका ७७ जना विदेशी नागरिकलाई देश निष्काशन गरिएको पनि पौडेलले जानकारी दिए।

५८ जना विदेशी नागरिक आफ्नो भिसा समय भन्दा बढी बसेकालाई देश निकाला गरिएको छ। चीन, पाकिस्तान,बंगलादेश,पोल्याण्ड र मलेशिया लगायतका विदेशीलाई उनीहरुको मुलुक पठाइएको पौडेलले बताए।

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका १९ जनालाई पनि निष्कासन गरिएको उनले जानकारी दिए। नाइजेरियन नागरिकलाई १० वर्षको लागि नेपाल आउन प्रतिबन्ध गरिएको उनले सुनाए। बिना प्रवेशाज्ञा नेपाल प्रवेश गरेका ३ बंगलादेशी नागरिकलाई १ वर्ष प्रतिबन्ध सहित उनीहरुको मुलुक पठाइएको उनले जानकारी दिए।

Share22Tweet14Share6
Previous Post

यस वर्षको आजसम्मकै कम तापक्रम…..

Next Post

टीकापुर घटनाको धनगढीमा पत्रकार सम्मेलन ……..

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
२ पुष २०७७, बिहीबार १२:००
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ पुष २०७७, बिहीबार १२:००
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२ पुष २०७७, बिहीबार १२:००
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२ पुष २०७७, बिहीबार १२:००
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

२ पुष २०७७, बिहीबार १२:००
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२ पुष २०७७, बिहीबार १२:००
Next Post
टीकापुर घटनाको धनगढीमा पत्रकार सम्मेलन ……..

टीकापुर घटनाको धनगढीमा पत्रकार सम्मेलन ........

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२ पुष २०७७, बिहीबार १२:००
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२ पुष २०७७, बिहीबार १२:००
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

२ पुष २०७७, बिहीबार १२:००
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२ पुष २०७७, बिहीबार १२:००

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२ पुष २०७७, बिहीबार १२:००
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ पुष २०७७, बिहीबार १२:००
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

२ पुष २०७७, बिहीबार १२:००
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

२ पुष २०७७, बिहीबार १२:००

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

२ पुष २०७७, बिहीबार १२:००
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

२ पुष २०७७, बिहीबार १२:००
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.