सावित्रा भण्डारी फुटबलको मैदानमा जति मज्जाले छाउने गर्छिन्, पल्सर स्पोर्टस अवार्डका पछिल्ला संस्करणमा पनि छाएकी छिन् । उनी वर्ष ०७५ को महिलातर्फका उत्कृष्ट खेलाडी अवार्ड विजेता हुन् । त्यो वर्ष उनी पिपुल्स च्वाइस अवार्डका लागि पनि एक प्रत्यासी थिइन् ।
उनी ०७५ मा महिलातर्फको उत्कृष्ट खेलाडी अवार्ड विजेता हुन् । त्यो वर्ष उनी पिपुल्स च्वाइस अवार्डका लागि पनि एक प्रत्यासी थिइन् । उनी ०७३ र ०७४ मा पनि महिलातर्फको उत्कृष्ट खेलाडीको मनोनयनमा परेकी थिइन् । यो सबै उनले मैदानमा राम्रो प्रदर्शन गरेर सम्भव भएको हो, त्यो पनि ‘साम्बा’ पारा, जसलाई ब्राजिली स्वाद मिसिएको फुटबल भनिन्छ ।
२०७६ को पिपुल्स च्वाइस अवार्डका लागि जुन दिन प्रत्यासीको नाम घोषणा भयो, उनी निकै दंग भइन् । उनको भनाइ थियो, ‘मैले त दोस्रो मौका पनि पाएँ ।’ यो खुसीको अवसर थियो । तर, जतिवेला फुटबलबारे छलफल हुन्छ, उनी साह्रै गम्भीर हुन्छिन् । खासमा उनको मनमा केही बिझेको छ र त्यो हो, स्वर्ण जित्न नसक्नुको दुःख ।
०७६ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदमा महिला फुटबल पोखरामा भएको थियो । उनको धोको थियो, आफ्नै घरमा भएको फुटबलमा स्वर्ण जित्ने, तर त्यो पूरा हुन सकेन । नेपाल रजतमै सीमित रह्यो । त्यसो त नेपालले अहिलेसम्म भारतलाई नहराएको पनि होइन, तर निर्णायक पदक छुने खेलमा भने नेपाल पछाडि पर्दै आएको छ । यसैले हो, सावित्राको
मन पोल्ने ।
एकप्रकारले भन्दा सावित्रा दक्षिण एसियाली महिला फुटबलमा नम्बर १ खेलाडी हुन् । उनले यो दाबीको पुष्टि भारतको मैदानमै गरेकी छिन्, ०७६ मा त्यहाँ भएको महिला लिगमा तहल्का मच्चाएर । इन्डियन वुमेन्स लिगमा उनको गोकुलम केरला टिम विजेता बन्यो । उनले ती सबै टिमविरुद्ध राम्रो मात्र खेलिनन्, गोलको शृंखला नै चलाइन्, जसमा भारतका प्रमुख खेलाडी थिए ।
भारतीय टिमका मुख्य खेलाडी बाला देवीले बारम्बार दोहोर्याएर भनेकी छिन्, ‘सावित्रा अब्बल दर्जाकी खेलाडी हुन् ।’ त्यसैले त नादेझ्दा कपमा नेपाल उपविजेता रह्यो । घरेलु फुटबलअन्तर्गत २०७६ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा स्वर्ण उनले हात पारिन् । प्रधानसेनापति कप जितिन्, नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान पनि राखिन् । भारतलाई हराएर ठूलो सफलता हात नपरेसम्म उनको मनले सन्तोष मान्ने छैन । भारतलाई हराउने सपना पूरा गर्न सावित्राले खोजेको एउटा तत्व हो, नेपाली महिला फुटबललाई माया । त्यसो भनेको माया र प्रोत्साहन । उनी भन्छिन्, ‘हामी भारतलाई हराउन सक्षम छौँ ।