नेपाल कम्युनिष्ट पाटीका उपाध्यक्ष बाम देब गौतमले तामाङको बाहुल्यता रहेको नेपालमा तामाङहरुले जातित्व, भाषा, भेषभुषा र मौलिकपनको संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले नेपाल तामाङ विद्यार्थी घेदुङले आयोजना गरेको २७ औं स्थापना दिवस,मुखपत्र म्हेदाङ विमोचन तथा २८५७ औ लाङ ल्होको अवसरमा प्रज्ञा भवन काठमाण्डौमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा यस्तो बताउनुभयो ।
देशको विभिन्न जिल्लामा रहेका तामाङहरुको माहान पर्ब सोनाम ल्होछार हर्ष उल्लासका साथ मनाउनु होला नेपाल कम्युनिष्ठ पाटीको तर्फबाट सम्पुर्ण तामाङ बर्गलाई शुभकामना छ “उहाँले भन्नुभयो ”।
नेपाल तामाङ विद्यार्थी घेदुङले आफ्नो मुखपत्र “म्हेदाङ” पत्रिका प्रकाशन गरेको छ । पत्रपत्रिका र पुस्तक र तामाङ विद्यार्थीको बिचार संवाह हुन,ज्ञानका स्रोत हुन् र लिपिबद्ध इतिहास पनि हुन तसर्थ यीन महत्वलाई झल्काउने उदेश्य घेदुङको रहेको अध्यक्ष दिने लोले बताउनुभयो । लोले राष्ट्यिा जनगणनामा तामाङ जातिको सहभागिता र सामुदायिक विद्यालयमा तामाङ मातृभाषा शिक्षा सञ्चालन गराउने घेदुङको उदेश्य रहेको हुदाँ सम्पुर्ण विद्यार्थीसाथीबाट पहल सहयोगको अपेक्षा राख्नुभएको छ । विद्यार्थी घेदुङको सातौं सम्मेलनपछिको नयाँ कार्यसमितिले तामाङ युवा विद्यार्थीलाई आफ्नो भाषा, धर्म, लिपि, संस्कार, संस्कृतिकोबारेमा सु–सुचित गराउनुका साथै विद्यार्थी घेदुङको गतिविधिहरु जानकारी गराउने उद्देश्यले विद्यार्थी घेदुङको मुखपत्र “म्हेदाङ” को नियमित प्रकाशन गर्ने निर्णय अध्यक्ष लो ले जानकारी दिनुभयो ।
विद्यार्थी घेदुङका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख हैकम घिसिङ कार्यकारी सम्पादक रहेको म्हेदाङको सम्पादन मण्डलमा अष्टमान लो, विशाल तामाङ, क्षितिज तामाङ, जेनज्या तामाङ, सुनिता तामाङ र कमला पाख्रिन रहेका छन्। म्हेदाङको संरक्षकमा विद्यार्थी घेदुङ अध्यक्ष दिनेश लो तामाङ रहेका छन्।
म्हेदाङमा नेपाल सरकारका सहसचिव हेमराज तामाङ, मातृभाषा आयोग प्रमुख डा। लोक बहादुर लोप्चन, मानवशास्त्री डा। मुक्त सिंह तामाङ, भाषाविद् अमृत योञ्जन, पूर्व मन्त्री तथा संघीय सांसद हित बहादुर तामाङ, भाषाविद् तथा अनुसन्धानकर्ता अजितमान तामाङ, घेदुङ संघिय अध्यक्ष मोहन गोले तामाङ तथा विद्यार्थी घेदुङको पदाधिकारी तथा सदस्यहरुको विभिन्न विषयमा लेख रचनाहरु सहित म्हेदाङ प्रकाशन गरिएको छ ।