Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home खेलकुद

तेमालमा दोस्रो अध्यक्ष कप सुरु,

माेलाम खबर by माेलाम खबर
२६ माघ २०७७, सोमबार ११:४८
in खेलकुद, पत्रपत्रिका, विविध, समाचार
तेमालमा दोस्रो अध्यक्ष कप सुरु,
85
SHARES
Share on FacebookShare on Twitter

–काभ्रेको तेमाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा आइतबारबाट तेमाल ७ चापाखोरीमा गाउँपालिका स्तरीय अन्तर वडाव्यापी दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

सोनाम ल्होछारको पूर्व सन्ध्यामा आयोजित प्रतियोगिताको संविधानसभा सदस्य तिर्थ लामाले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामाले खेलले अनुशासन सिकाउने बताउनुभयो ।

४ दशक लामो जीवनकालपछि आफूले जीवनमा इमान्दारिताको महत्वपूर्ण भुमिका रहेको कुरा महसुस गरेको उल्लेख गर्दै प्रमुख अतिथि लामाले सफल र आनन्ददायी जीवनका लागि अनुशासन र इमान्दारिता नभुल्न युवाहरुलाई आग्रह गर्नुभयो ।

तेमालको विकासका लागि राजनीतिक आस्थामा विभाजित नभई सबै एक ठाउँमा उभिनु पर्नेमा जोड दिदै उहाँले यहाँको समृद्धिका लागि पक्की सडक पूर्वाधार,सुनकोशी तेस्रो जलविद्युत आयोजनालाई अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

विशिष्ट अतिथि पालिका अध्यक्ष सलाम सिं तामाङले तेमाल सरकारले युवा क्षमताको विकास र कदरका लागि खेलकुद लगायतका कार्यक्रमहरु गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो–“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद,तेमालको पहिचानको लागि खेलकुद भन्ने हेतुले दोस्रो साल पनि हामीले यसखालको प्रतियोगिता आयोजना गरेका हौं ।”

साथै पालिकाले चालु आर्थिक वर्षभित्र रंगशाला निर्माणको योजना सम्पन्न गर्नेगरी डिपिआर गरिसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । उहाँले तेमालको समग्र विकासका कार्यक्रम तथा योजना तिव्र गतिमा अघि बढाएको पनि बताउनुभयो ।

उद्घाटन समारोहका अतिथि संविधानसभा सदस्य निर्वाचन क्षेत्र नं. १  उम्मेद्धार एवं समाजसेवी संग्रामजीत लामाले तेमालको विकासमा तेमाल सरकारले चालेका सकारात्मक कदमप्रति आफ्नो पनि साथ रहेको धारणा राख्नुभयो ।

स्वागत मन्तव्य राख्दै वडा नं. ७ का अध्यक्ष एवं तेमाल सरकारका प्रवक्ता ज्ञानबहादुर मोक्तानले आफ्नो वडामा पालिकास्तरीय रंगशाला बन्न लागेको उल्लेख गर्दै यसबाट आगामी दिनमा हुने प्रतियोगिताहरु व्यवस्थीत हुने विश्वास व्यक्त गर्नुभयो । यस योजनाका लागि पालिकाले ६० लाख बजेट विनियोजन गरेकोप्रति प्रवक्ता मोक्तानले धन्यवाद व्यक्त गर्नुभयो ।

पालिका उपाध्यक्ष एवं खेलकूद विकास समितिका अध्यक्ष दुर्गामाया तामाङले दोस्रो अध्यक्षकप सफलताका लागि जनप्रतिनिधि,युवा,खेलाडी,खेलप्रेमी सबैको साथ उत्तिकै महत्वपूर्ण रहने बताउनुभयो ।

खेल जसले जिते पनि आखिर तेमालकै जनताले जित्ने उल्लेख गर्दै उहाँले यिनै अवधरणासाथ यो प्रतियोगिता आयोजना गरिएको धारणा व्यक्त गर्नुभयो ।

“जसले जिते पनि तेमालको छोरोले जित्ने हो,तेमालकै गौरव हो ।” समिति अध्यक्ष तामाङले भन्नुभयो–“खेलको नीति नियममा रहेर,अनुशासनमा रहेर खेल खेल्न सबै खेलाडीहरुमा अनुरोध गर्न चाहान्छु ।” उहाँका अनुसार प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी ९ वटा टिम प्रतिस्पर्धाका लागि छानिएका छन् ।

उद्घाटन खेल वडा नं. ७ को पोल्टामा,वडा नं. ४ पनि ४ गोलले स्तव्ध

अध्यक्ष कपको उद्घाटन खेल तेमाल गाउँपालिका वडा नं.१ को टिम र वडा नंं.७ को टिम बीच भएको छ । पहिलो खेल १–३ गोलले टुंगो लाग्यो । वडा नं १ को टिम विरुद्ध ७ नं. वडाका टिमले ३ गोल गरेर उसले खेल आफ्नो पोल्टामा पार्न सफल भएको हो । वडा नं. १ का तर्फबाट १ उत्कृष्ट गोल भएको थियो । दुबै टिमले ति सबै गोल हाल्फ समयपछि गरेका हुन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो खेल वडा नं.४ को टिम र वडा नं.९ को टिमबीच भएको छ । यो खेलमा वडा नं. ४ को टिम ४ गोलले स्तव्ध भयो । वडा नं. ९ को टिमले ४ गोल गर्यो भने वडा नं. ९ को टिम विरुद्ध वडा नं. ४ को टिमले पनि १ गोल जवाफ दिन सफल भयो । यो दुई टोलीको खेल कडा प्रतिस्पर्धा जस्तो देखिएपनि वडा नं. ४ ले १ गोल मात्रै फर्काउन सकेको हो ।

प्रतियोगिता यहि २७ गते सम्पन्न गर्ने आयोजकको लक्ष्य छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख रुपैयाँ,दोस्रो हुने टिमले १ लाख ५० हजार रुपैयाँ,तेस्रो हुने टिमले १ लाख रुपैयाँ र सान्त्वना प्राप्त टिमले ५० हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सबै भन्दा बढी गोल गर्ने खेलाडीले जनही नगद ५/५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका पुरस्कृत सबै टिम र खेलाडीलाई मेडल र प्रमाणपत्रद्वारा पनि सम्मान गरिनेछ ।

Share34Tweet21Share9
Previous Post

जनकपुरमा बन्दकर्ता र प्रहरीबीच झडप र प्रहरीद्वार फायर तथा अश्रु ग्यास प्रहार

Next Post

अध्यक्ष कप वडा नं. ८ ल्होङसाल लगातार २ पटक विजेता ,,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२६ माघ २०७७, सोमबार ११:४८
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ माघ २०७७, सोमबार ११:४८
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२६ माघ २०७७, सोमबार ११:४८
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२६ माघ २०७७, सोमबार ११:४८
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२६ माघ २०७७, सोमबार ११:४८
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२६ माघ २०७७, सोमबार ११:४८
Next Post
अध्यक्ष कप वडा नं. ८ ल्होङसाल लगातार २ पटक विजेता ,,,

अध्यक्ष कप वडा नं. ८ ल्होङसाल लगातार २ पटक विजेता ,,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२६ माघ २०७७, सोमबार ११:४८
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२६ माघ २०७७, सोमबार ११:४८
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२६ माघ २०७७, सोमबार ११:४८
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२६ माघ २०७७, सोमबार ११:४८

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ माघ २०७७, सोमबार ११:४८
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ माघ २०७७, सोमबार ११:४८
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२६ माघ २०७७, सोमबार ११:४८
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२६ माघ २०७७, सोमबार ११:४८

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२६ माघ २०७७, सोमबार ११:४८
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२६ माघ २०७७, सोमबार ११:४८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.