Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

गाउँपालिका अध्यक्ष सलामसिं तामाङ विरुद्ध सङ्घर्ष घोषणा,

माेलाम खबर by माेलाम खबर
१९ फाल्गुन २०७७, बुधबार १२:२२
in पत्रपत्रिका, विविध, समाचार
गाउँपालिका अध्यक्ष सलामसिं तामाङ विरुद्ध सङ्घर्ष घोषणा,
54
SHARES
Share on FacebookShare on Twitter
काभ्रेको तेमाल गाउँपालिकाकाले उपभोक्ता समिति गठन गर्दा सबै उपभोक्ताहरूलाई नसमेटेको भन्दै सङ्घर्ष समिति घोषणा गरेको छ । बनेपामा आज (मङ्गलवार) पत्रकार सम्मेलन गर्दै सङ्घर्ष समिति घोषणा गरेको हो ।
बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मत सम्भारको लागि तेमाल गाउँपालिकाको हिउँदे अधिवेशनबाट ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सो योजना अन्तर्गत वडा नं. १, २, ३, ४, ६, ७, र ९ का उपभोक्ताहरू पर्दछ । उक्त योजनाको उपभोक्ता समिति निर्माण गर्दा गाउँपालिका अध्यक्ष सलामसिं तामाङले आफ्नै उपस्थितिमा वडा नं. ६ का आफ्ना नजिकका उपभोक्ताहरू मात्र जम्मा गरेर समिति निर्माण गरेकोले त्यसको विरुद्ध सङ्घर्ष समिति गठन गरेको सङ्घर्ष समितिका अध्यक्ष हरिशरण भण्डारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले अध्यक्ष तामाङको उपस्थितिमा बनाएको उपभोक्ता समिति विघटन गरेर सबै उपभोक्ताहरूको सहभागितामा समिति गठन गर्न माग गरेको छ ।
‘तेमाल गाउँपालिका अन्तरगत रहेको बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मत सम्भार कार्यका लागि आर्थिक वर्ष २०७७।७८ को गाउँपालिकाको हिउँदे गाउँ सभाबाट विनियोजन गरेको रु. ८०,००,०००। अक्षरूपी (असी लाख रुपैयाँ) बजेटका प्रभावित क्षेत्रका सम्बन्धित वडा अध्यक्षहरू (वडा नं १, २, ३, ४, ६, ७ र ९) लाई समेत जानकारी नदिई गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङले आफ्नो आफन्तहरू (आफ्नै वडा नं. ६का) उपभोक्तालाई मात्रै राखेर एकलौटी उपभोक्ता समिति निर्माण गरेको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘अब हामी गाउँपालिकाले आफुखशी निर्माण गरेको बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मत सम्भार उपभोक्ता समितिसँग गाउँपालिकाले गरेको सम्झौता रोकी त्यस उपभोक्ता समिति विघटन गरी तेमाल गाउँपालिका वडा नं. १, २, २, ४, ६, ७ र ९ को संयुक्त उपभोक्ताहरूलाई भेला गराई बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक उपभोक्ता समिति गठन गर्नका लागि कल्लेरीपाखा खहरे घाट चुखाबेसी सरमथली सडक सङ्घर्ष समिति जोडदार माग गर्दछ ।’
आफूहरूले राखेको माग पूरा नगरी उपभोक्ता समितिले कार्य सुरु गरेमा त्यसबाट हुन जाने अप्रिय घट्नाको जिम्मेवार गाउँपालिकाले लिनुपर्ने उनीहरूले ठहर गरेका छन् । ‘अन्यथा गाउँपालिकाले एकलौटी रूपमा निर्माण गरेको उपभोक्ता समितिले सडक निर्माणको काम सुरु गरेमा त्यसबाट हुन जाने अप्रिय घट्नाको जिम्मेवार स्वयं गाउँपालिकाले लिनुपर्छ भन्ने यस सङ्घर्ष समितिको ठहर छ ।’
पत्रकार सम्मेलनमा सङ्घर्ष समितिको तर्फबाट हरिशरण भण्डारी, उत्तम लामा, झलक लामा, निङमार लामा, साइला लामा लगायतका सहभागी रहेका थिए ।
उपभोक्ता समिति गठनमा वडा अध्यक्षहरू समेत बेखबर
यो योजनाको उपभोक्ता समिति गठनको विषयमा सम्बन्धित वडा अध्यक्षहरूलाई समेत थाहा नभएको बताएका छन् । वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठले उक्त समिति विधि सम्मत नभएकोले छानबिन गर्न न्यायिक समितिमा निवेदन समेत दिएका थिए । तर उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक दुर्गामाया तामाङले निवेदन दर्ता गर्न नमानेका बताइएको छ ।
त्यसैगरि वडा नं. २ का वडा अध्यक्ष तिमालसिं तामाङलाई पनि यो विषयमा थाहा नभएको बताएका छन् । आफूले सामाजिक सञ्जाल मार्फत थाहा पाएको उनले बताए ।
वडा नं. ६ का वडा अध्यक्ष विकुलाल मोक्तानलाई पनि यो विषयमा थाहा नभएको बताएका छन् । ‘मलाई यो विषयमा अध्यक्ष ज्यू वा कोही कसैले जानकारी दिएको छैन । उपभोक्ता समितिको को–को बसेको छ भन्ने पनि थाहा छैन ।’ उनले भने, ‘यस अघिको योजनामा पनि सबै वडाको उपभोक्ताहरूलाई भेला गरेर समिति गठन गरेको थियो । तर यस पटक पनि त्यस्तै गर्नुपर्थ्यो । अध्यक्ष ज्यूले कसरी गर्नुभयो थाहा छैन ।’
वडा नं. ९ का वडा अध्यक्ष चन्द्रबहादुर लामालाई पनि यो विषयमा अनविज्ञ देखियो । आफूसँग पनि अध्यक्षले कुनै सल्लाह वा जानकारी नदिएको उनले बताए । यो उपभोक्ता समिति गठन विधि सम्मत नभएको पनि उनले बताए ।
यस विषयमा गाउँपालिका अध्यक्ष सलामसिं तामाङसँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क भने भएन ।
प्रेस विज्ञप्ति प्रिय पत्रकार बन्धुहरू,
सर्वप्रथम तेमाल गाउँपालिका वडा नं १, २ र ३ कल्लेरी पाखा खहरे घाट चुखाबेसी सरमथली सडक उपभोक्ता सङ्घर्ष समितिको तर्फबाट स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु ।
तेमाल गाउँपालिका अन्तरगत रहेको बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मत सम्भार कार्यका लागि आर्थिक वर्ष २०७७।७८ को गाउँपालिकाको हिउँदे गाउँ सभाबाट विनियोजन गरेको रु. ८०,००,०००। अक्षरूपी (असी लाख रुपैयाँ) बजेट का प्रभावित क्षेत्रका सम्बन्धित वडा अध्यक्ष वडा नं १, २, ८ र ९ समेत जानकारी नदिई गाउँपालिकाको अध्यक्ष सलाम सिं तामाङले आफ्नो आफन्तहरू (आफ्नै वडा नं. ६का) उपभोक्तालाई मात्रै राखेर एकलौटी उपभोक्ता समिति निर्माण गरेको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हरेक विकास निर्माणमा सबै नागरिकको बराबरी जनसहभागिता, पारदर्शिता, जबाफदेहिता हुनुपर्ने मान्यता विपरीत गाउँपालिका अध्यक्षले स्थानीय सरकार सञ्चालन कार्यविधि २०७४ लाई समेत बेवास्ता गरी जन चाहना विपरीत कार्य गरेको कुरा पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहन्छु ।
यो विषयमा हामी उपभोक्ताहरू गाउँपालिकामा गएर अध्यक्षसँग छलफल गर्न खोज्दा गाउँपालिकाको कार्यकक्ष भित्रै हामीलाई अमानवीय व्यवहार देखाएको सामाजिक सञ्जालहरूमा आइसकेको छ ।
प्रिय पत्रकार बन्धुहरू
अब हामी गाउँपालिकाले आफुखशी निर्माण गरेको बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक मर्मत सम्भार उपभोक्ता समितिसँग गाउँपालिकाले गरेको सम्झौता रोकी त्यस उपभोक्ता समिति विघटन गरी तेमाल गाउँपालिका वडा नं. १, २, २, ४, ६, ७ र ९ को संयुक्त उपभोक्ताहरूलाई भेला गराई बोहोरे दोभान ठूलोपर्सेल तित्रिटार सडक उपभोक्ता समिति गठन गर्नका लागि कल्लेरीपाखा खहरे घाट चुखाबेसी सरमथली सडक सङ्घर्ष समिति जोडदार माग गर्दछ ।
अन्यथा गाउँपालिकाले एकलौटी रूपमा निर्माण गरेको उपभोक्ता समितिले सडक निर्माणको काम सुरु गरेमा त्यसबाट हुन जाने अप्रिय घट्नाको जिम्मेवार स्वयं गाउँपालिकाले लिनुपर्छ भन्ने यस सङ्घर्ष समितिको ठहर छ ।
संयोजक
हरिशरण भण्डारी (अभियान)
कल्लेरी पाखा खहरे घाट चुखाबेसी सरमथली सडक सङ्घर्ष समिति
Share22Tweet14Share5
Previous Post

प्रधानमन्त्रीबाट हटाएर त देखाउनुस्,..

Next Post

सरकार र नेत्रविक्रम चन्द समूहबीच बालुवाटारमा वार्ता सम्पन्न….

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
पत्रपत्रिका

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

by माेलाम खबर
१९ फाल्गुन २०७७, बुधबार १२:२२
0

मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...

Read more
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१९ फाल्गुन २०७७, बुधबार १२:२२
कविता (राष्ट्रियगण)

कविता (राष्ट्रियगण)

१९ फाल्गुन २०७७, बुधबार १२:२२
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१९ फाल्गुन २०७७, बुधबार १२:२२
Next Post
सरकार र नेत्रविक्रम चन्द समूहबीच बालुवाटारमा  वार्ता सम्पन्न….

सरकार र नेत्रविक्रम चन्द समूहबीच बालुवाटारमा वार्ता सम्पन्न....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 131 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१९ फाल्गुन २०७७, बुधबार १२:२२
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१९ फाल्गुन २०७७, बुधबार १२:२२
विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

विद्यालय तहमा अक्षरांकन पद्धति (लेटर ग्रेडिङ) को मापदण्ड परिवर्तन गर्ने तयारी ///

१९ फाल्गुन २०७७, बुधबार १२:२२
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१९ फाल्गुन २०७७, बुधबार १२:२२

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

0
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१९ फाल्गुन २०७७, बुधबार १२:२२
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१९ फाल्गुन २०७७, बुधबार १२:२२

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१९ फाल्गुन २०७७, बुधबार १२:२२
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

सार्वजनिक गरियो डेन्मुला डेन्मुला गिति एल्बम ।।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

भाषामा अल्मलिएको संसद भवन:-अमृता तामाङ

१९ फाल्गुन २०७७, बुधबार १२:२२

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!

१९ फाल्गुन २०७७, बुधबार १२:२२
निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

निशुल्क पानी बितरण गरियो!तामाङ जुहारीले मेलामा मनोरञ्जन दियो।

१९ फाल्गुन २०७७, बुधबार १२:२२
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.