पुष ५ मा विघटन पछि सर्वोच्चको आदेशमा पुनस्थापित भएको संसदको बैठक आज बस्दैछ ।
आज अपरान्ह ४ बजे राष्ट्रपतिले आव्हान गरेको बैठकमा प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गर्ने यस अघि भनिए पनि आजका लागि प्रस्ताव दर्ताको सहमति नजुटेको हो ।
नेकपा प्रचण्ड माधव समुहका एक उच्चस्तरीय नेताका अनुसार काँग्रेस र जसपाले निर्णय गरेरै साथ दिने सहमति गरीनसकेकाले अविस्वासको प्रस्ताव लान नेकपालाई समस्या परेको छ ।
पार्टीको आधिकारीकता निर्वाचन आयोगले नदिएका कारण पनि नेकपाको यस समुहलाई अविस्वासको प्रस्ताव लैजान अप्ठ्यारो परेको देखिएको छ ।
आज संसदमा एउटै दलका सांसदहरु सत्तापक्ष र प्रतिपक्षको रुपमा बस्ने स्थिति समेत देखिएको छ ।
अर्कोतिर काँग्रेस र जसपा पनि सत्ता समीकरणका लागि तयार सकेका छैनन् ।
ओली र प्रचण्ड माधव दुबै पक्षले संसदीय दलमा आफ्ना पक्षमा बहुमत सांसद रहेको दाबी प्रस्तुत गर्दै आएका छन् ।
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...
Read more