काभ्रेमा कोरोना भाईसरको संक्रमणका कारण ज्यान जानेहरुको शव ब्यवस्थापन गर्न स्थान तोकिएको छ । बिभिन्न पालिकाहरुबाट पहिचान भएर आएको क्षेत्रहरुमा तोकीएको मापदण्ड बमोजिम शव ब्यवस्थापन गर्ने निर्णय आज बसेकोे कोभिड १९ संक्रमण नियन्त्रण,रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्र(डिसिसिएमसि)को बैठकले गरेको हो ।
बैठकले पाँचखाल नगरपालिकाका लागी पाँचखाल र भुम्लु गाँउपालिकाको बिचको दोलालघाट बगर क्षेत्रमा शव ब्यवस्थापन गर्न स्थान तोकेको छ । यस्तै मण्डनदेउपुर नगरपालिकाका लागी वडा नम्बर ७ र ९ को सिमानाको मशानेपाटि घाट क्षेत्र र बैकल्पीक क्षेत्रमा लागि वडा नम्बर १ र ५ को सिमानामा पर्ने लट्टघारी वन क्षेत्र र वडा नम्बर १२ को बाँसखर्क लगायत सामुदायिक वन क्षेत्र तोकेको छ ।
चौरी देउराली गाँउपालिकाका लागि चिहान डाँडाँ,गोठपानी,सुङ्गेखोला, वडा नम्बर ५ को चौरीखोला,चलाखु चिहान डाँडा,काफ्ले चिहान डाँडा,सलम्बु चिहान डाँडा र वडा नम्बर ३ को चौरी खोला तोकेको छ । यस्तै भुम्लु गाँउपालिकाका लागी सुनकोसी नदि र ईन्द्रावती नदिको दोभान,खानीखोला गाँउपालिकाका लागि वडा नम्बर ५ को बागमती घाट र रोशी गाँउपालिकाका लगाी भ्याकुरे खोला र रोशी खोला त्रिवेणी घाट क्षेत्र तेकेको हो ।
यस्तै हाल संक्रमितको शव ब्यवस्थापन गर्दै आएको नेपालि सेनाको कालिजंग गणले शव ब्यवस्थापन साधनको मर्मत तथा ईन्धनको लागी बजेट अभाव भएको जनाएको छ । उक्त कार्यका लागी सामाजिक बिकास मन्त्रालय,बाग्मती प्रदेश बाट निकासा भएको बजेटबाट खर्च गर्ने निर्णय बैठकले गरेको छ ।