राष्ट्रियसभा उपनिर्वाचनमा गठबन्धनका उमेदवार खिमलाल देवकोटा विजयी भएका छन् । कलम चिह्न लिएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादीको मोर्चाबाट उमेदवार बनेका देवकोटा विजयी भएका हुन् ।
उनले एमालेका उमेदवार रामबहादुर थापा बादललाई पराजित गरे । खिमलालले ५०८८ मतभार ल्याएर विजयी भएका छन् भने बादलले ४०१४ मत पाए ।