Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

पार्टी एकता एकता जोगाउन सकिन्छ;-प्रधानमन्त्री

माेलाम खबर by माेलाम खबर
१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
in पत्रपत्रिका, विविध, समाचार
सुरक्षा परिषदको बैठकमा सहभागी
31
SHARES
Share on FacebookShare on Twitter

प्रधानमन्त्री केपी ओलीले अनेक अपमान र पीडा सहेर भए पनि आफू पार्टी एकतामा निरन्तर लागिरहेको र भविष्यमा पनि लागिरहने प्रतिबद्धता जनाएका छन् । तर, आफ्नो इमान्दार प्रयासलाई कतिपयले मजाक बनाएकाले त्यसलाई इतिहासले नै मूल्यांकन गर्ने बताए ।

‘फागुन २३ को फैसलापछि पनि एकता जोगाउन सकिन्छ कि भनेर मैले आफैँले पहल गरेको हुँ । तर, मेरो प्रयासलाई कतिपयले मजाकको विषय बनाउनुभयो, इतिहासले यसको उचित हिसाबकिताब गर्ला नै,’ राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै ओलीले भने, ‘पार्टीको एकता रक्षाका लागि सबैखाले आक्षेप, अपमान र पीडा व्यहोरेर पनि निरन्तर प्रयत्नशील छु, भोलिका दिनमा पनि रहिरहनेछु ।’

उनले प्रतिकूल परिस्थितिमा आन्दोलनको रक्षाका लागि दृढतापूर्वक उभिने सबै नेता–कार्यकर्ताहरू, समर्थक, शुभचिन्तक एवं आमजनतामा धन्यवादसमेत व्यक्त गरेका छन् । अस्थिरता सिर्जना गर्न स्वार्थकेन्द्रित गठबन्धन गरेर महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दीबाट हटाउने दुरासय नराखेको भए महाधिवेशन भएर नेतृत्व हस्तान्तरण भइसकेको हुन्थ्यो भन्दै ओलीले एमालेलाई एकताबद्ध राख्ने काम कतिपय नेताहरूको विभाजनकारी गतिविधिका कारण अहिलेसम्म सम्भव हुन नसकेको दाबी गरेका छन् ।

‘नेकपालाई एकीकृत गर्ने प्रयास असम्भव भएपछि हामीले नेकपा (एमाले)लाई नै एकीकरणको विरासत पार्टीका रूपमा एकताबद्ध र गतिशील बनाउने काम गर्‍यौँ । तर, कतिपय नेताहरूमा आफ्ना विभाजनकारी गतिविधिप्रति रत्तिभर गल्तीबोध देखिएन । उल्टै, एकीकरणको रक्षा र नेतृत्वको पक्षमा उभिनुभएका साथीहरूलाई पञ्छाउने कुरामा मात्र उहाँको प्रयास केन्द्रित रह्यो । फेरि पनि पार्टीलाई गुटहरूको संयुक्त मोर्चा र अन्त्यहीन विवादको थलो बनाउने केही नेताहरूका नियतका कारण हाम्रा प्रयास सार्थक हुन सकिरहेका छैनन्,’ ओलीले भने, ‘यसबीचमा फ्लोर क्रस गर्ने–गराउने काम भएका छन्। पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन विपक्षीसँग साँठगाँठ गरिएका छन् । अनि, आफ्नो पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्रीलाई हटाउन कहिले संसदमा अनुपस्थित हुने त कहिले विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेजस्ता चरम विकृति प्रकट भएका छन् ।’

सबै नागरिकलाई खोप, आक्रमणकारीलाई दण्ड 
सम्बोधनका क्रममा ओलीले सबै नेपाली नागरिकलाई खोप उपलब्ध गराएर कोभिड महामारी नियन्त्रण गरिने प्रतिबद्धता पनि जनाएका छन् । ‘कोभिड महामारीमाथि निर्णायक विजयका लागि खोप अनिवार्य छ। हालसम्म हामीलाई अनुदानबाट प्राप्त ३२ लाख २८ हजार डोज र खरिदबाट उपलब्ध १० लाख डोजबाट खोप अभियान अगाडि बढाएका छौँ,’ ओलीले भने, ‘पहिलो मात्रा खोप लगाएका नागरिकहरूका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु ।’

त्यस्तै, ओलीले संक्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमणसरह नै दण्डनीय मानिने पनि बताए ।

Share12Tweet8Share3
Previous Post

४ सय ३० कैदीलाई माफी…..

Next Post

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार ,,,,

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
Next Post
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार ,,,,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् विस्तार ,,,,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

१४ जेष्ठ २०७८, शुक्रबार २०:२५
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.