Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home खेलकुद

चाइनिज ताइपेईमाथि २–० को जितसँगै नेपाल आफ्नो समूहमा कम्तीमा चौथो स्थानमा रहने पक्का

माेलाम खबर by माेलाम खबर
२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
in खेलकुद, पत्रपत्रिका, विविध, समाचार
चाइनिज ताइपेईमाथि २–० को जितसँगै नेपाल आफ्नो समूहमा कम्तीमा चौथो स्थानमा रहने पक्का
74
SHARES
Share on FacebookShare on Twitter

अञ्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठको गोलमा नेपालले विश्वकप २०२२/एसियन कप २०२३ छनोटमा बिहीबार चाइनिज ताइपेर्ईमाथि २–० को जित हात पारेको छ । ताइवानी टिमविरुद्ध दुवै खेल जितेसँगै नेपालले समूह ‘बी’ मा कम्तीमा चौथो स्थान पक्का गर्नेछ ।

कुवेत सिटीमा बिहीबार चाइनिज ताइपेईविरुद्ध पहिलो गोल गरका नेपालका अञ्जन विष्ट (१४) सहित सुनील बल (९) र आशिष लामा (१०) खुसी साट्ने क्रममा । बल खोसाखोस गर्ने क्रममा ताइपेईका चेन चाओ (नीलो) र नेपालका सुनील बल । तस्बिर सौजन्य : एनएसजेएफ र कुवेत एफए

कुवेत सिटीस्थित जाबेर अल–हमाद अन्तर्राष्ट्रिय रंगशालामा अञ्जनले पेनाल्टीमा गोल गर्दै तेस्रो मिनेटमै नेपाललाई अग्रता दिलाए । ताइवानी डिफेन्डर चेन हाओले पेनाल्टी क्षेत्रमा हातले बल छोएपछि रेफ्रीले नेपाललाई पेनाल्टीको अवसर दिएको थियो । त्यसमा २३ वर्षीय अञ्जनको प्रहार सटिक रह्यो र नेपालले १–० को अग्रता लियो । अञ्जनको चौथो अन्तर्राष्ट्रिय गोल हो यो ।

नेपालले यही विश्वकप छनोटको ताइपेर्ईमा भएको खेलमा पनि २–० कै जित हात पारेको थियो । त्यसमा दुवै गोल अञ्जनले गरेका थिए । गत शनिबार बासरामा इराकविरुद्ध ६–२ ले हारेको खेलमा नेपालको पहिलो गोल पनि उनकै नाममा रहेको छ । कुवेतको चर्को गर्मीमा भएको खेलमा बिहीबार अञ्जनले २४ औं मिनेटमा दुई डिफेन्सलाई छक्याउँदै राम्रो अवसर सिर्जना गरेका थिए । तर, त्यसमा उनको प्रहार सिधै गोलकिपर सिह सिन–आनको हातमा पुग्यो ।

दोस्रो हाफमा ताइवानी टिमको वर्चस्व रह्यो । तर, अधिकांश समय बल नियन्त्रणमा राखेर पनि उसले गोलको सहज अवसर सिर्जना गर्न भने सकेन । दोस्रो हाफमा मैदानमा प्रवेश गरेका मनीष डाँगीले ८० औं मिनेटमा पेनाल्टी क्षेत्रबाहिरबाट प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । त्यो अवसरमा मनीषले नजिकै अनमार्क रहेका सहकर्मीलाई दिएको भए गोलको राम्रो अवसर मिल्न सक्थ्यो । मनीषले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा नेपालको दोस्रो गोल गरेका थिए, जुन निकै उत्कृष्ट थियो ।

           फ्रन्टलाइनका स्वास्थ्यकर्मीमा जित समर्पित : अल्मुताइरी

केही सुस्त बनेको खेलको ८१ औं मिनेटमा नवयुगले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले सुमन अर्यालको क्रसमा सिक्स यार्ड ठीकबाहिरबाट फस्टबार च्याप्दै प्रहार गरेको बलले जाली चुमेपछि नेपालको जित निश्चित भएको थियो । उनी ६९ औं मिनेटमा मात्रै सुनील बलको स्थानमा मैदान प्रवेश गरेका थिए । यो उनको सातौं अन्तर्राष्ट्रिय गोल हो ।

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको औपचारिक प्रतियोगितामा पहिलो खेल पनि हो यो । यसअघि उनले इराकविरुद्ध मैत्रीपूर्ण खेलमा मात्रै टिम सम्हालेका थिए । विश्वकप छनोटका अघिल्ला ५ खेलमा नेपाली टिम स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेका थिए । कोरोना भाइरसको महामारीका कारण कालिन स्विडनमै रहेपछि टिम सम्हाल्ने अवसर बालगोपाल महर्जनले पाएका थिए । उनले चैतमा नेपाललाई थ्री नेसन्स कपको उपाधि दिलाए । तर, फिफाको प्रतियोगितामा प्रो लाइसेन्सवाला प्रशिक्षक अनिवार्य गरिएपछि एन्फाले अब्दुल्लाहलाई भित्र्याएको हो ।

ताइवानविरुद्ध तेस्रो खेलमा नेपालले हात पारेको यो दोस्रो जित हो । जुन, २०१९ मा ताइवानमै भएको मैत्रीपूर्ण खेल भने १–१ मा टुंगिएको थियो । चाइनिज सुपर लिग खेलिरहेका चेन पो–लियाङ, चीनकै लिग वान (दोस्रो डिभिजन) क्लबमा अबद्ध वेन चि–हाओ र माल्टाको प्रिमियर लिगका विल डन्किनबिना नै ताइवान छनोट खेल्न कुवेत पुगेको थियो ।

कोभिड–१९ को प्रोटोकलका कारण ताइवान प्रिमियर लिगकै केही खेलाडीले कुवेत यात्रालाई अस्वीकार गरेका थिए । त्यसैले प्रशिक्षक भोम का–नुमले नयाँ र युवा खेलाडीलाई अवसर दिएका थिए । बेलायती प्रशिक्षक लुइस लंकास्टरलाई बर्खास्त भएपछि उनले टिम सम्हालेका थिए र त्यसयता ताइवान पहिलोपल्ट मैदानमा उत्रिएको हो । ताइवान कोभिडका कारण १९ महिनायता पहिलोपल्ट मैदानमा फर्किएको हो ।

फिफा वरीयतामा ३० स्थानमाथिको ताइवानविरुद्ध दोस्रो जितसँगै नेपालले ६ खेलबाट समूहमा ६ अंक बनाएको छ । यसवीच नेपालले चार खेल हारेको छ । पुछारमा रहेको ताइवानले खेलेको सबै ६ खेल हारेको छ । जोर्डन र कुवेतले ५–५ खेलबाट १०–१० अंक बनाएका छन् भने शीर्षस्थानमा रहेको अस्ट्रेलियाले शतप्रतिशत जितसहित १२ अंक जोडेको छ । नेपालले अब जोर्डनविरुद्ध जेठ २४ र अस्ट्रेलियाविरुद्ध जेठ २८ मा खेल्नेछ ।

Share30Tweet19Share7
Previous Post

मन्त्रिपरिषदमा व्यापक हेरफेर:

Next Post

गजल

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
Next Post
गजल

गजल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

२१ जेष्ठ २०७८, शुक्रबार २०:५६
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.