नसुती रातमा ,जागेर हुदैन
डराएर फेरि ,भागेर हुदैन ।
छ कस्तो अनौठो ,चलेको चलन
अधिकार भन्ने ,मागेर हुदैन ।
गन्तव्य उहीँ हो , नपुगी नहुने
बाटो मोडि अन्तै , लागेर हुदैन ।
छैन मन भित्रै , रास्ट्र भाव जब
भित्तामा रास्ट्र यो , टाँगेर हुदैन ।
बुझेर जनको , मनको चाहाना
संविधान माथी , नागेर हुदैन ।
नसुती रातमा , जागेर हुदैन …………………
२०७८/२/२३
आजाद यात्री सागर