शिर्षक : ” खुवालुङ “
प्राचीन नेपालको
प्रात: शासनोदयमा
महिषपाल-गोपाल वंशको
अत्यन्त छोटो शासनकालपछि
पूर्वबाट घाम उदाए जस्तै
उदाएको किरातकालिन
सभ्यताको प्रतिमूर्ती
किराँती राजा यलम्बरले
नमूनायोग्य समतामूलक
शासन चलाउँदै
प्रकृति र चट्याङको पूजा गर्दै
स्थापना गरेका हुन
आदिम सभ्यताको पहिचान बोकेको
सप्तकोसी बीचको खुवालुङलाई
ओ ! शासकहरू ! प्रशासकहरू
यसलाई एउटा निर्जीव ढुङ्गा मात्र नसम्झ
यो अनुपम इतिहासको गर्भभित्र लुकेको
एक शक्तिशाली स्फटिक हो खुवालुङ
एक शक्तिशाली डाइनामाईट हो खुवालुङ
जबर्जस्त गर्न लागेमा
चट्याङ जस्तै गर्जीएर
विस्फोट हुनसक्छ
र , बाँकी रहने छैनौ
तिमी पनि त्यतिबेला
१३ चैत्र,२०७७ डम्बर थामी अनुपम