द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनद्वारा आफ्ना श्रमिकहरूलाई कोभिड-१९ बिरुद्वको खोप उपलब्ध गराउन माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङसमक्ष सोमबार उनकै निवासमा पुगी ज्ञापन पत्र बुझाउँदै देशभरमा रहेका आफ्ना ब्रान्चका श्रमिकहरूलाई खोप उपलब्ध गराइदिन आग्रह गरेको हो ।
बर्गर हाउसका संस्थापक वसन्त लामाले ज्ञापन पत्र बुझाउँदै सक्दो छिटो सबै शाखाका श्रमिकहरूलाई खोप उपलब्ध गराइदिन मन्त्री समक्ष आग्रह गरेका हुन् ।
लामाले रेस्टुरेन्ट व्यवसाय तथा यसमा आबद्ध श्रमजीवी श्रमिकहरू विशेष मारमा परेको र जीवनयापन गर्न असहज वातावरण सिर्जना भएको बताउँदै यथाशीघ्र खोप उपलब्ध गराइ सहज बनाइदिन मन्त्री तामाङलाई आग्रह गरे ।
यस्तै मन्त्री तामाङले फ्रन्टलाइनमा कार्यरतलाई नै पहिलो प्राथमिकतामा राखिएको बताउँदै केही दिनमा खोपको मात्रा आएपछि सबैले पाउने बताए ।
‘खास गरी श्रम क्षेत्र‚ बर्गर हाउस‚ यातायात‚ पत्रकार लगायतलाई नै प्राथमिकतामा राखेर योजना अगाडि बढिरहेको छ‚ ‘मन्त्री तामाङले भने‚ ‘ढिलो चाँडो सबैले खोप लगाउन पाउनेमा विश्वस्त पारे ।’
मन्त्री तामाङले रोग लागेर उपचारमा खर्चिनुभन्दा पनि रोग लाग्न नदिनु उत्तम उपाय रहेको बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरे ।
द बर्गर हाउस संस्थापक लामाको नेतृत्वमा स्वदेशमै बसी देशको सेवामा समर्पित १०० भन्दा बढी युवाहरूको साझेदारीमा नेपालभरि ९० भन्दा बढी शाखाहरू रहेको छ । उक्त हाउसमा करिब १५०० भन्दा बढी श्रमिकहरूलाई रोजगारी प्रदान गर्दै आएको नेपालको आफ्नै स्वदेशी फ्रेन्चाईसमा आधारित रेस्टुरेन्ट व्यवसाय हो।
यो व्यवसाय मूलतः ‘जे गर्छ, नेपालमै गर्छ’ भन्ने नाराको साथ युवाहरूलाई संलग्न गराई देशको विद्यमान बेरोजगारीको समस्यालाई केही अंश भए पनि समाधान गर्दै देश विकासमा टेवा पुऱ्याउन तत्पर रहेको प्रतिबद्ध गर्दछौँ।