Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

‘ज्यानबाहेक केही जोगिएन’;-मेलम्चीका बाढीपीडित

माेलाम खबर by माेलाम खबर
४ असार २०७८, शुक्रबार १०:५८
in पत्रपत्रिका, विविध, समाचार
विपदमा चपेटामा सिन्धुपाल्चोक ?
52
SHARES
Share on FacebookShare on Twitter

वर्षा अझै रोकिएको छैन । कालो लेदोले भरिएको डरलाग्दो बाढीले बजारलाई क्रमशः कटान गर्दै छ । तटीय क्षेत्रका अधिकांश दुईतले घर बाढीमै हराइसके, केहीको अवशेष देखिएको छ । बजारका चार, पाँचतले चिटिक्क देखिने घरलाई लेदोले ढाकेको छ । जिल्लाको समृद्ध नगरमा गनिने मेलम्ची बजारलाई बाढीले मंगलबार एकै रातमा बगर बनाएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची–१२ स्थित इन्द्रेश्वरी मावितर्फ जाँदै स्थानीय । उक्त विद्यालयमा विस्थापित ८० परिवारलाई राखिएको छ । तस्बिर : अनिश तिवारी/कान्तिपुर

त्यही बगरबीच नदीछेउमा चुर्लुम्म डुबेको आफ्नो घर हेर्दै बसिरहेका मेलम्ची नगरपालिका–११ का ४६ वर्षीय हीराकाजी श्रेष्ठ बेलाबेला मुख छोपेर रोइरहेका छन् । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयको एउटा कोठामा आश्रय लिइरहेका उनको चार जनाको परिवार निदाएको छैन । ‘ज्यानबाहेक केही जोगिएन, यही एकसरो कपडा ज्यानमा छ त्यत्ति हो, ऋण गरेर बनाएको घरजग्गा सबै बाढीले निल्यो, कहाँ जानु, के गर्नु ?’ बिहीबार दिउँसो मेलम्ची बजार देखाउँदै उनले भने । श्रेष्ठले ७० लाख रुपैयाँ लगानी गरेर चारतले घर बनाएका थिए । उनले घर बनाउँदा लागेको १० लाख ऋण तिर्न अझै बाँकी छ । अब उनी कहाँ गएर बस्ने अन्योलमा छन् ।

मेलम्ची बजारको माथिल्लो भेग टारबाट घर हेर्दै गरेकी मेलम्ची नगर टारकी ३४ वर्षीया मनिता थापाका आँखा अझै ओभाएका छैनन् । ‘घर त डुब्यो, यो स्कुले कोठामा कतिन्जेल बसिरहनुपर्ने हो थाहा छैन, राहतको भरमा पेट भरिएको छ, जग्गा, सम्पत्ति सबै एकै रातमा बगर बनाइदियो,’ उनले भनिन् । सवारी चालक श्रीमान्को काम खोसियो, दुईसरो लत्ताकपडा र साथमा भएको नगदबाहेक घरबाट केही निकाल्न नपाएपछि उनको तीन जनाको परिवारलाई यहाँ बस्न मन लागेको छैन । ‘हामीजस्तै सबै एकअर्कालाई हेरेर चित्त बुझाउनुपरेको छ । कतै जान पनि कोरोनाको डर छ, कहाँ जानु र ?’ उनले भनिन् ।

बाढीको विध्वंस बिहीबारबाट केही सामान्य भएको छ । मेलम्ची र इन्द्रावतीमा पानीको सतह घट्दो छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ह्योल्मोभूमि, हेलम्बु हुँदै मेलम्ची खोलामा आएको बाढीमा परेर मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना प्रभावित भएका छन् ।

मेलम्ची बजारमा झन्डै डेढ सय घर पूरै डुबेका छन् । आधा दर्जन घरका केही भाग देखिएको छ । बिहीबार साँझसम्म तीन जनाको शव भेटिएको छ । बुधबार एक र बिहीबार दुई शव फेला परेका हुन् । सिन्धुपाल्चोकमा एक र सिन्धुलीको सुनकोसी नदी किनारमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका अनुसार मृत्यु हुनेमा चिनियाँ नागरिक ४८ वर्षका यु सिछु, २३ वर्षीय गोडटी आनच्छ्यो र भारतीय नागरिक ३२ वर्षीय कमललोचन महतो छन् । यीबाहेक १३ जना अझै बेपत्ता रहेको डीएसपी सापकोटाले बताए । बेपत्ता भनिएका २० जनामध्ये चार जना सकुशल सम्पर्कमा आएको प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले बताए ।

बाढीका कारण फसेका ७४ जनाको बुधबार र बिहीबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ । बाढीले घरजग्गा सबै बगाइसकेपछि पनि बेलाबेला नदीको लेदोले ढाकेको घर हेरिरहेका मेलम्ची नगर पीपलटारका ४५ वर्षीय मानबहादुर तामाङलाई आफ्नोभन्दा बढी गाउँमा जग्गा नभएका परिवारलाई कष्ट हुने मान्छन् । ‘गाउँमा जग्गा हुने गाउँ जालान् तर यहाँबाहेक अन्यत्र एक पाइला जग्गा नहुने मेरोजस्तै परिवार कहाँ गएर बस्ने भन्ने अन्योल थपिएको छ,’ उनले भने ।

सशस्त्र र नेपाली प्रहरीले बिहीबार अबेर साँझसम्म पनि मेलम्ची बजारछेउको बीचमा जोगिएका घरबाट आवश्यक सामग्री ओसार्न स्थानीयलाई सघाइरहेका छन् । बाढीबाट विस्थापित ८० परिवारलाई इन्द्रेश्वरी मावि भवनमा गाँसबासको व्यवस्थापन गरेर आश्रय दिइएको छ । नदी किनारका बचेका घरमा अझै जोखिम भएकाले सुरक्षाकर्मीलाई खटाएर सामान्य आउजाउ पनि बन्द गरिएको मेलम्ची नगरकी उपमेयर भगवती नेपालले बताइन् ।

मेलम्चीबाट हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका जोड्ने मोटरेबल पुल बाढीले बगाएपछि सम्पर्क जोड्ने विकल्प खोज्न थालिएको उनले बताइन् । ‘तीनवटा गाउँपालिकासँग सडक सम्पर्क टुटेको छ, हेलम्बुसँग सडक जोड्न तत्काल एक्स्काभेटर र इन्द्रावती, पाँचपोखरी थाङपाल गाउँपालिकासम्म पुलको विकल्पबारे सोच्दै छौं,’ उनले भनिन् । मेलम्ची र हेलम्बुमा बिजुली आपूर्ति र मोबाइल नेटवर्क नहुँदा उद्धार राहत पुर्‍याउन झनै कठिनाइ देखिएको उनको भनाइ छ ।

अविरल वर्षात्का कारण मंगलबार उर्लिएको मेलम्चीमा बाढी कसरी आयो भन्नेबारे यकिन तथ्य अहिलेसम्म खुल्न सकेको छैन । हेलम्बु–१ का अध्यक्ष मिङमार ह्योल्मोले भने मेलम्चीघ्याङभन्दा माथिल्लो पहाडी भाग नामासाङसाङ भास्सिएर मेलम्ची खोलाको मुहानक्षेत्र थुनिएर बाढी आएको हुन सक्ने बताएका थिए ।

मेलम्ची नगरका मेयर डम्बर अर्यालले हेलिकप्टर लिएर हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका क्षेत्र अनुगमनमा पुगेकाले कहीं ठूलो पहिरो खसेको नपाइएको बताएको उल्लेख गरे । हेलम्बुको शिरभेग र पाँचपोखरी थाङपाल गाउँपालिकाको गाङछपो हिमालमा असारमै हिउँ परेको प्रस्ट देखिने र त्यही हिउँ भास्सिएर आएको हुन सक्ने उनले अनुमान गरे । मंगलबार साँझतिर पाँचपोखरी थाङपाल गाउँपालिकाको याङ्ग्री लार्के क्षेत्र र हेलम्बु गाउँपालिकाबाट मेलम्चीमा पानीको सतह बढेको जानकारी जिल्ला प्रशासनमा आएलगत्तै मेलम्ची तटीय क्षेत्रका जनप्रतिनिधिलाई खबर गरेका थिए । गाउँमा सूचना पुग्दानपुग्दै बाढी आउन थाले पनि स्थानीय सुरक्षित स्थानतिर लागेकाले मानवीय क्षति हुन पाएन ।

नगरप्रमुख अर्यालले बाढीले मेलम्चीलाई १० वर्षपछि धकेलेको बताएका छन् । ‘खोला बजारको बीचसम्म आएर बगर तुल्यायो, झन्डै १० हजार रोपनी जमिन बगर बनेको अनुमान छ,’ उनले भने, ‘डेढ सय घर डुबे, अर्बौंको क्षति भएको छ । अहिले उद्धार र राहत व्यवस्थापनको प्रथम चरणमा छौं ।’

Share21Tweet13Share5
Previous Post

गण्डकी प्रदेशका मुख्यमन्त्री ले आज प्रदेश सभामा विश्वासको मत लिने

Next Post

नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
४ असार २०७८, शुक्रबार १०:५८
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

४ असार २०७८, शुक्रबार १०:५८
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

४ असार २०७८, शुक्रबार १०:५८
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

४ असार २०७८, शुक्रबार १०:५८
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

४ असार २०७८, शुक्रबार १०:५८
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

४ असार २०७८, शुक्रबार १०:५८
Next Post
नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा

नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

४ असार २०७८, शुक्रबार १०:५८
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

४ असार २०७८, शुक्रबार १०:५८
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

४ असार २०७८, शुक्रबार १०:५८
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

४ असार २०७८, शुक्रबार १०:५८

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

४ असार २०७८, शुक्रबार १०:५८
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

४ असार २०७८, शुक्रबार १०:५८
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

४ असार २०७८, शुक्रबार १०:५८
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

४ असार २०७८, शुक्रबार १०:५८

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

४ असार २०७८, शुक्रबार १०:५८
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

४ असार २०७८, शुक्रबार १०:५८
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.