नेदरल्यान्ड्स १६औँ संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्यान्ड्स नकआउट चरणमा पुगेको हो ।
जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेन्जल डम्फ्रिइजले एक÷एक गोल गरे । खेलको ११औँ मिनेटमा डिपेले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । ६७औँ मिनेटमा मालेनको पासमा डेन्जलले गोल गर्दै नेदरल्यान्ड्सलाई २–० को जित दिलाए ।
जितसँगै समूह ‘सी’मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । नेदरल्यान्ड्सले २ खेलबाट ६ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा छ । अष्ट्रियाको यो पहिलो हार हो ।