Molamkhabar
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका
No Result
View All Result
Molamkhabar
Home पत्रपत्रिका

विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बुधबारदेखि निरन्तर सुनुवाइ हुँदै….

माेलाम खबर by माेलाम खबर
९ असार २०७८, बुधबार ११:३३
in पत्रपत्रिका, समाचार, साहित्य
प्रतिनिधि सभा विघटन बदर ,,,
34
SHARES
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा बुधबारदेखि निरन्तर सुनुवाइ हुँदै छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

गत २६ जेठमा बसेको इजलासले ९ असारदेखि निरन्तर सुनुवाइ हुने आदेश गरेको थियो । ‘प्रस्तुत निवेदनमा उठाइएका प्रश्नहरू सार्वजनिक महत्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउनु आवश्यक हुँदा प्रस्तुत रिट निवेदनका सम्बन्धमा निरन्तर सुनुवाइ प्रक्रिया अपनाई अन्तिम सुनुवाइ गर्ने गरी मिति ०७८ साल असार ९ गते नियमानुसार पेस गर्नू,’ आदेशमा भनिएको थियो ।

विघटनविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरे पनि सर्वोच्चले ‘फास्ट ट्र्याक’मा सुनुवाइ गर्न लागेको हो । त्यसैले आदेशमा नै म्याद तामेली गर्नेदेखि बहससम्मका लागि समय छुट्याइएको छ । बिहीबारसम्म निवेदक र विपक्षी दुवै पक्षले इजलाससमक्ष बहस नोट बुझाइसक्नुपर्नेछ ।

दुवै पक्षलाई बहसका लागि १५–१५ घन्टा समय छुट्याइएको छ । त्यस्तै, एमिकस क्युरीमा रहेका चारजनाले आधा–आधा घन्टाभित्र बहस सक्नुपर्नेछ । क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एसोसिएसनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी छन् ।

२६ जेठमा भएको आदेशअनुसार एक साताभित्र लिखित जवाफ मगाइएकोमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री केपी ओलीले जवाफ पेस गरिसकेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई संविधानले दिएको अधिकार प्रयोग गरेको जिकिर गरेकी छिन् भने प्रधानमन्त्रीले संसद्बाट प्रधानमन्त्री बन्ने अवस्था नरहेकाले संविधानबमोजिम नै विघटनका लागि सिफारिस गरेको दाबी गरेका छन् । सर्वोच्चले प्रधानमन्त्री र राष्ट्रपतिबाट भएका सबै निर्णयको सक्कल प्रति झिकाउन पनि आदेश दिएको थियो ।

गत ८ जेठमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका थिए । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासहित एक सय ४६ सांसदले दायर गरेको रिटमाथि मात्रै अहिले सुनुवाइ भइरहेको छ । अन्य २९ निवेदनलाई तत्काल नहेर्ने सूचीमा राखिएको छ ।

यसअघि ५ पुसमा भएको विघटनमा अन्तिम आदेश आउन दुई महिना लागेको थियो । हालसम्म पनि त्यसको पूर्णपाठ भने सार्वजनिक भइसकेको छैन । यसपटक आदेशमै समय तोकिएकाले दुवै पक्षले थोरै अधिवक्ताबाट बहस गराउने तयारी गरेका छन् ।

Share14Tweet9Share3
Previous Post

सरुवामा २२ जिल्लाका प्रहरी प्रमुख फेरिए

Next Post

हिजाेकाे तुलनामा सुनको भाउ घट्यो, चाँदीको भने स्थिर

माेलाम खबर

माेलाम खबर

नागरिकको आवाज, निष्पक्ष आवाज

Related Posts

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै
विविध

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

by माेलाम खबर
९ असार २०७८, बुधबार ११:३३
0

घ्याङलेख गाउँपालिका वडा नं. २ चन्दनपुरमा घ्याङलेख स्तरीय गुम्बा निर्माण कार्य भईरहेको छ । आ.व. ०७८/७९ को प्रदेश सरकार र...

Read more
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

९ असार २०७८, बुधबार ११:३३
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

९ असार २०७८, बुधबार ११:३३
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

९ असार २०७८, बुधबार ११:३३
नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले  मनायो।।

नारी दिवस तामाङ राष्ट्रिय महिला घेदुङले मनायो।।

९ असार २०७८, बुधबार ११:३३
विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

विवेकशील साझा पार्टीका रञ्जु दर्शनाले पार्टी परित्याग गरेको घोषणा ।

९ असार २०७८, बुधबार ११:३३
Next Post
हिजाेकाे तुलनामा सुनको भाउ घट्यो, चाँदीको भने स्थिर

हिजाेकाे तुलनामा सुनको भाउ घट्यो, चाँदीको भने स्थिर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 110 Followers
  • 27.7k Followers
  • 140k Subscribers
  • 23.5k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

तेमाल गाउँपालिका वडा ७ को जरुरी सूचना

९ असार २०७८, बुधबार ११:३३
तामाङ भाषा लेखन अभ्यासः

तामाङ भाषा लेखन अभ्यासः

९ असार २०७८, बुधबार ११:३३
राष्ट्रिय राजनीतिमा खासै नचिनिएका  दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा तामाङ युवा तथा खेलकुद मन्त्री बने…….

९ असार २०७८, बुधबार ११:३३
लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

लकडाउन पछी पहिलो नया तामाङ सेलो गीत बजारमा

९ असार २०७८, बुधबार ११:३३

Hello world!

1

नेपाल–भारत सीमा नाका खुलाउन विभिन्न नाकामा धर्ना…….

1

Washington prepares for Donald Trump’s big moment

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

0
घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

९ असार २०७८, बुधबार ११:३३
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

९ असार २०७८, बुधबार ११:३३
टिपरको ठक्करबाट दुई  विद्यार्थीले ज्यान गुमायो??

टिपरको ठक्करबाट दुई विद्यार्थीले ज्यान गुमायो??

९ असार २०७८, बुधबार ११:३३
तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

तामाङ घेदुङमा पुन:अध्यक्षमा गोले भारी मत सहित बिजयी।

९ असार २०७८, बुधबार ११:३३

Recent News

कार्यालय सम्पर्क

ठेगाना : काठमाडौं महानगरपालिका ६, बौद्ध
इमेल : molamkhabar@gmail.com
सम्पर्क नं. : ९८५१०२७३८२, ९८४१०३५५७५

हाम्राे टिम

अध्यक्ष : प्रेमबहादुर घिसिङ
संचालक : चन्द्र सिंह लामा
व्यवस्थापक : तामाङ जुहारी कलाकार संघ
सम्पादक :
कर्यकारी सम्पादक : राम बहादुर लामा (लर्ग्युङ)

Follow Us

Recent News

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

घ्याङलेखमा गाउँपालिका स्तरीय गुम्बा निर्माण हुँदै

९ असार २०७८, बुधबार ११:३३
स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

स्व.योगिता मोक्तान ११औं स्मृति सभामा प्रतिभा पुरस्कर अन्जु थोकरलाइ प्रदान ।

९ असार २०७८, बुधबार ११:३३
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • विविध
    • पत्रपत्रिका

© Molamkhabar Media Pvt. Ltd (Molamkhabar) 2020 ।। powered by : IT Karkhana । आइटी कारखाना.