प्रहरी प्रधान कार्यालयले मंगलबार ५२ प्रहरी उपरीक्षक (एसपी) तथा ५७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । सरुवामा २२ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवा सूचीअनुसार मोरङको प्रहरी प्रमुखमा एसपी जनार्दन जिसी, सुनसरीमा संजयसिंह थापा, भक्तपुरमा शिव श्रेष्ठ, कास्कीमा रमेश थापा, बाँकेमा श्यामकृष्ण अधिकारी, कैलालीमा विश्व अधिकारी तथा दाङमा सुरेश काफ्लेलाई पठाइएको छ ।
त्यस्तै, तनहुँमा दिनेश मैनाली, कपिलवस्तुमा दानबहादुर कार्की, पश्चिम नवलपरासीमा मनोज कुमार यादब, धनकुटामा नकुल पोखरेल, इलाममा महेन्द्र श्रेष्ठ, उदयपुरमा सुवासचन्द्र बोहरा, सिराहामा हिराबहादुर पाण्डेको सरुवा भएको छ ।
५७ जना डिएसपीको सरुवा हुँदा विभिन्न जिल्ला, वृत्त तथा इप्रकाका प्रमुख फेरिएका छन् । अर्घाखाँचीको डिएसपीमा अमर बहादुर थापा क्षेत्री, खोटाङको प्रहरी प्रमुखमा उमेश लम्साल, लम्जुङमा कृष्ण कुमार कार्की, भोजपुरमा राजकुमार राई, मनाङमा राम कुमार दानी, संखुवासभामा लालध्वज सुवेदी, बैतडीमा रमेश बहादुर पाल, पर्वतमा शिवराज बुढाथोकीको सरुवा भएको छ ।
उपत्यकाका आठ प्रहरी वृत्तका डिएसपी हेरफेर
सरुवामा उपत्यकाका आठ वटा वृत्तका इन्चार्ज पनि फेरिएका छन् । महानगरीय प्रहरी वृत्त गौशालामा डिएसपी केशव भट्टराई, कीर्तिपुरमा ठाकुर प्रसाद पोखरेल, बौद्धमा ढुण्डीराज नेउपाने, लैनचौरमा दुर्गा दाहाल, महाराजगञ्जमा प्रमेश बिष्ट, सिंहदरबारमा भरत श्रेष्ठ, मालिगाउँ वृत्तमा मिनबहादुर कुँवर क्षेत्री, बानेश्वर वृत्तमा मिमबहादुर लामा, स्वयम्भुमा मिलन केसीको सरुवा भएको छ ।