नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनकाे मुल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन भन्दा सुनको भाउ सामान्य घटेको छ भने चाँदीको भने स्थिर रहेको छ । सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ७०० र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिद बिक्री भएको थियो । चाँदीभने अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार २९५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।