#धान_दिवस_सम्बन्धि_केही_टुक्काहरु :
१. श्रमिक अनि किसानमा खुशीयाली छायो
आज असार पन्ध्रमा धान दिवस आयो ।
२. यतिबेला किसानहरु हुन्छन् खेतमा भेला,
मानो खाई मुरी मुरी उब्जाउने यही बेला ।
३. भेला भई बजाउँछन खेतमा बेठी बाजा,
किसानहरु खान्छन् आज दही चिउरा खाजा ।
४. हली बाउसे गह्रा सम्याउँछन चमत्कारले,
छुपुछुपु रोप्छन धान खेतमा रोपाहारले ।
५. यही हिलोमा परिश्रमको फूलहरु फूल्छन्
मंसिरमा खेतभरी नै धानको बाला झुल्छन् ।
डम्बर थामी “अनुपम”
दोलखा