१. पराई देश गएको मान्छे सम्झेर नरुनु,
बाध्यता हाम्रो यस्तै नै थियो निराश नहुनु ।
२. साहुको ऋण तिरेर छिट्टै फर्केर आउँछु,
झुपडी घर ल्याएर खर अवस्य छाउँछु ।
३. पहिरो बाढी आएको होला सजग रहनु,
हजारौं दु:ख आएमा पनि तिमीले सहनु ।
४. सन्तान हाम्रा अमूल्य रत्न मायाले अंगाल्नु,
मायाको डोरी कसिलो गरी राम्ररी संगाल्नु ।
५. डाँडाको घाम डाँडाको जून बाआमा देवता,
असाध्यै ख्याल गरेर राख्नु सृष्टिका अध्यता ।
६. पाहुना पात ईष्ट र मित्र दाहिने राखनु,
समाज सेवा गर्नमा पनि अगाडि बढनु ।
७. कोरोना भन्ने भाइरस् आछ सचेत हुनु नि !
बाहिर जाँदा लाउनु मास्क केही न छुनु नि !
८. सम्झेर घर भक्कानु फुट्छ पर्देशी जीवन
साहुको गाली खाईन्छ खालि यस्तै छ जीवन ।
९. क्रान्तिको बाटो कठिन हुन्छ हिजो नै थाहा थ्यो
अहिले आइ गद्दार नेता भएर गार्हो भो ।
१०. अर्काको सुन देखेर आफ्नो हुँदैन पित्तल,
माटोको माया देशको छाया हुनेछ शितल ।
– डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा. ६, दोलखा ।