दुइ महिनाको कोभिट १९ कोरोनको कारण बन्द भएको तामाङ जुहारी कलाकारसघको नियमित गाउने नाच्ने कार्यक्रम संघको कार्यलय जोरपाटी बहुनधारा काठमाडौमा सम्पन्न भयो।दोलखा जिल्ला शैलुङ गाउँपालिका ६निङ्गाले का फापरे गायक शन्तबिर थोकार र सिन्धुपाल्चोक जिल्ला भोटेकोसी गाउँपालिका ४का बसुन बम्जन बिज मौलिक फापरे गितमा घम्सघाम्सी चलेको थियो।लामो समयको अन्तराल पछि पहिलो पटक दुइ जना गायक गयिकले अफानो मनको वेदना सटसट गरेको थियो।
साथमा तामाङ मौलिक डाम्फु गित पनि गएको थियो।तामाङ जुहारी कलाकार संघ मा पहिलो चोटी आउनु भएको पहुनालाइ तामाङ परम्परा अनुसार सन्तबिर थोकार् र धिराज गोलेलाइ संघकि उपाध्यक्ष कविता थोकारले खादा लगाएर स्वागत गरेको थियो।धेरै समयको बसाइ पछि उपस्थिति भएका सम्पुर्ण सदस्यहरुले कोभिटको महामरीबाट सस्थलाइ विभिन्न कार्यक्रम गर्न बाधा पुगेकोमा चिन्ता ब्याक्ता गर्नु भएको थियो।
सचिब चन्द्र सिङ लामाले कोभिटले आफुलाइ अस्पतालको बेडमा पुर्याए पनि कोभिटलाइ जितेर सम्पुर्ण सदस्यलाई भेट्न पाएकोमा खुसी लागेको बताए।कार्यक्रम केसारी दोङ,केसारी थिङ,कान्छी घिसिङ,सोमा घिसिङ डोल्मो घिसिङ ,सुरबिर लो,सुर्य ग्याबा,चन्द्र सिङ लामा,धिराज गोले,सन्तबिर थोकार,कविता थोकार,चिनिमाया तामाङ,सान्तिमाया गोले,धर्मराज बम्जन,बसुन बम्जन लग्गएतका फपारे गायक गायिका जम्मा भएका थियो।आजको कार्यक्रम सन्ध्या सुस्केरा र लर्ग्युङ दोङले सन्चलान गरेको थियो।