तामाङ मौलिक फपारे गीतका सर्जक एवं गायक जय बहादुर योन्जन (शैलुङ्गे काले)को ७२वर्षको उमेरमा वीर अस्पतालमा निदान भयो।कामको सिलसिलामा काभ्रेको ढुङखर्कका काम गर्दै गर्दा अचानक बिरामी भएको थियो।बिरामी भइ डेरामै थला परेको खबर सुनेर सुनिता बल आफैले लिन गएको तर पानी परेर बाटो बिग्रेको हुनाले बिरामी भएको ठाउँमा पुग्न सकिएन।फोन गरेर बिरामीलाई जसरी पनि अस्पताल सम्म ल्याउने तयारी गर्नु बने पछि वीर अस्पताल ल्याएर उपचार गरेको जानकारी सुनिता बलले मोलाम खबरलाइ बताए।चेकजाँचको क्रममा शैलुङ्गे कालेको किड्नी ,कलेजो,फोक्सो समस्या देखिएको थियो।साथमा कोरोना जाच गर्दा पोजेटिभ देखे पछि कोरोना आइसुसोलोसनमा राखेर उपचार गर्दै गर्दा हिजो बिहान ३:३०बजे समयमा निदान भयो।
अब हामीले शैलुङ्गे कालेको गीत जात्रा,मेलामा सुन्न सकिन्न मात्र सामाजिक संजाल युटुबमा सुन्न सक्ने छ।जहाँ शैलुङ्गे काले पुग्छ त्यो जात्रा मेला रौनक छुट्टै हुन्थ्यो बनेर सङ्गै गीत गएर हिड्ने साथीहरूले हामीलाई बन्नु भयो।शैलुङ्गे कालेको बारेमा तामाङ जुहारी कलाकार सघका अध्यक्ष प्रेम बहादुर घिसिले साइनोले मामा परे पनि जात्रा,मेलामा सङ्गै गीत गाउने दौतारी हो।सबैलाई सम्मान व्यबहार गर्ने ,जात्रामा गीत गाउन कहिले पनि दोस्ती नपाएर फर्केको थाहा छैन।शैलुङ्गे कालेले गीत गाउने ठाँउमा हेर्ने सुन्ने मान्छेको भिड लागेको पनि बताए।शैलुङ्गे कालेको निदानले तामाङ मौलिक फपारे गीतमा ठुलो असर परेको बताए।तामाङ जुहारी कलाकार सघले शैलुङ्गे कालेले मौलिक फपारे गीतमा पुर्याउनु भएको योगदानको सदैब सम्मान गर्ने पनि बताए ।
रामेछाप जिल्ला दोरोम्बा गाउँपालिका १मेख्रेमा बुबा हस्ता बहादुर योन्जन आमा टुल्की तामाङको कोखबाट २००७सालमा जन्मिएको हो।हल शैलुङ्गे कालेको एक छोरा एक छोरी छन।
पुन: गठन गरियो जसप तामाङ संघ, अध्यक्षमा लो!
मोलाम खबर, काठमाडौं ,जनता समाजवादी पाटी नेपालको जातीय संगठनका रुपमा जनता समाजबादी तामाङ संघ आज एक कार्यक्रम गरि पुन गठन...
Read more