गायक एवं संगीतकार विश्व दोङ र नवगायिका तबु वाइबाको `मनको डेरा´ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियो काठमाडौंको जोरपाटीस्थित एक रेस्टुरेन्टमा असोज १ गते एक कार्यक्रम गरेर सार्वजनिक गरियो ।
राजु तामाङले निर्माण गरेको उक्त म्युजिक भिडियोलाई तामाङ कलाकार संघको संस्थापक अध्यक्ष एवं वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङले सार्वजनिक गरिएको हो ।
कार्यक्रममा तामाङ कलाकार संघका संस्थापक उपाध्यक्ष तथा वरिष्ठ गायक रोज मोक्तान, तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइवा, गायक प्रेम लोप्चन, गायक सुवास मोक्तान, शशिकला मोक्तान, नायिका चाँदनी मोक्तान, गायिका निर्मला घिसिङ लगायतको तामाङ सघ सास्थको उपस्थिति रहेका थिए ।
गायक दोङद्वारा अभिनित गीतको शब्द, संगीत र एरेञ्ज स्वयंले गरेको छ । त्यस्तै अडियो मिक्सिङ दिपेस प्रधानको गीतको भिडियो मकवनपुरको कुलेखानी आसपासमा छायांकन गरिएका हुन् । दोङलाई अभिनय र गायनमा नवगायिका तबु वाइबाले साथ दिएकी छिन् । गायक एवं संगीतकारमा स्थापित दोङले यसअघि आफनै गीतमा पनि अभिनय गरिसकेका छन् ।
यस्तै भर्खरै १६ वर्षमा टेकेकी नवगायिका वाइबाको सांगीतिक क्षेत्रमा यो दोस्रो प्रस्तुति हो । वाइबाले यसअघि `मोहि पार्ने ठेकी´बोलको तामाङ सेलोमा अभिनय गरिसकेकी छिन् ।
मनको डेराको भिडियोको निर्देशन मोडल एवं निर्देशक अभि लामाले गरेको हो । त्यस्तै फरज अर्पणले छायांकन गरेको हो भिडियोलाई ड्रोनमा भने सौगात धिताल सघाएको छ ।