तामाङ जुहारी कलाकार सघको नियमित कार्यक्रममा नेपालीहरुको चाड बडा दसैको उपलक्ष्यमा चियापान तथा शुभकामना अदानप्रद्दान आयोजना गरियो ।कार्यक्रममा सुनौलो बिहानी समाजबाट तामाङ जुहारी कलाकार सघको अध्यक्ष प्रेम बहादुर तामाङलाई नेपाली काङ्ग्रेसको १४औं अधिबेशनबाट रामेछाप जिल्लाको खाडादेवी गाउँ पालिकाको उप-सभापति पदमा निर्बिरोध चयन भएक अवसरमा कदर पत्र द्वरा सम्मान गरियो।
सुनौलो बिहानी समाजको सन्चलिका केसरी थिङ लगायतले प्रदान गरिएको थियो।
सो चियापान तथा अदानप्रदान कार्यक्रममा बैरागी मोक्तान ,कृष्ण तामाङ ,जयमान तामाङ ,केसरी थिङ,मन्ठाने माइली,रिना बोम्जन,लगायत विभिन्न तामाङ समुदायको बाक्लो उपास्थितिमा सघको सभ्हल भरिएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य तामाङ जुहारी कलाकार सघको सचीव चन्द्र सिङ तामाङले राख्नु भएको थियि।सम्पुर्ण पाहुनालाई सघको उपाध्यक्ष कबिता तामाङ ले खादा लगाइ सम्मान गर्नु भयो।
सम्मान ग्रहण गर्नु हुदै अध्यक्ष प्रेमबहादुर घिसिङले तामाङ समुदायमा प्रचलित मौलिक फापरे गित लोप हुन बाट जोगाउन तामाङ जुहारी कलाकार सघ अग्रसर भइ सम्पुर्ण तामाङ समुदायको बस्ती बस्तीमा पुग्न सम्पुर्ण तामाङको सहयोग खाचो रहेको बताउनु भयो।जिबनको अन्तिम समय सम्म तामाङ समुदायको र मौलिक फापरे गितको संरक्षक गर्न लगि रहने मोलाम खबरलाई जानकारी दिनु भयो।
माइश्वर तामाङ र पन्चा माया तामाङ ले पुरानो पुस्तालाइ सम्झीने गरी फापरे गित गाउनु भयो।
बिदेश भुमीमा रहदा पनि सामाजिक संजालमा फापरे गित गाउदै आउनु भएकि गायिका कमला तामाङ मान्ठाने माइली र रिना बोम्जानले दोस्तीको रुपमा प्रेम घिसिङ र चन्द्र सिङ दोङलाइ जुहारीबाट झटारो हान्नु भयो।प्रति उत्तरमा प्रेमले मान्ठाने माइलीको मायाले सताएर रातभरि निदाउन गारो भएको बताए ।अन्तमा तामाङ मौलिक गित डाम्फु बजाउदै गित गाउदा उपस्थित सबैलाई जुरुक्क जुरुक्क प्रेमले नाचाउनु भयो।
कार्यक्रम सन्ध्या सुस्केरा र लर्ग्युङ दोङले सन्चालन गरेको थियो।